मन्त्रीलाई कुरा सुनाउँदा भक्कानिए कृषक अगुवा…


 

नेपालगन्ज । लुम्बिनी प्रदेशका कृषि भूमी व्यवस्था तथा सहकारी मन्त्री दिनेश पंथी उपस्थित एउटा कार्यक्रममा कृषकले भक्कानिदै दुखेसो सुनाएका छन् ।

  मन्त्री सहित कृषिक्षेत्रका उच्चतहका कर्मचारी र सराेकारवा पक्षबिच बिहीबार नेपालगन्जमा अन्तरक्रिया गरिएको थियाे ।

जहाँ कृषकहरू खुलेर मन्त्री समक्ष किसानले भाेग्नुपरेकाे समस्या सुनाए । ती समस्या सुनाउँदा भक्कानिए बर्दियाका किसान नारायण गुरुङ ।

कुखुरा व्यवसायी संघका सल्लाहकार गुरुङले किसानहरुलाई नितिगतरुपमा निरुत्साहित गर्ने काम गरिएको बताए ।

‘अनेक निरासा छन् । जुन जाेश र जांगर लगाएर ब्यवसायमा कृषक संलग्न हुन्छन् । बर्षदिनमै सबै जाेश सकिन्छ । धेरै सपना भताभुङ हुन्छ ।’ गुरुङले भने,-‘ कृषि उत्पादन नभएर बर्षदिनमै गाेठ रित्तो र कृषक घर न घाटकाे अवस्था आउँछ ।’

राज्यका निकायले कृषि क्षेत्रकाे उत्थान हुने गरि नीति बनाउनुपर्ने र किसानकाे मनाेवल बढाउनुपर्नेमा उनले जाेड दिए ।

प्रकाशित मितिः     २३ फाल्गुन २०८१, शुक्रबार २०:०८  |