नेपालगन्जमै बन्द भए डेढ सय मध्यमस्तरका हाेटल


नेपालगन्ज । काेभिड-१९ महामारी अन्त्य पछि हाेटल व्यवसाय तंग्रिने आशा गरिएको थियाे । तर नेपालगन्जमा मध्यमस्तरका डेढ सय हाेटल बन्द भएका छन् । तारेस्तरका हाेटल राम्रोसंग संचालन हुन सकेकाे छैन ।

‘ याे (नेपालगन्ज) पश्चिमकाे केन्द्र हो । कुनै बेला हाेटलक्षेत्र उत्साहित भएर लगानी गरेका साथीभाईहरुको अहिले उठिबास लागेकाे छ ।’ लुम्बिनी प्रदेश प्रथम उपाध्यक्ष भिम कँडेलले भने,-‘ पछिल्लो दुई तीन बर्षमा मात्रै डेढ सय हाेटल बन्द भए । ती सबै ब्यवसायीहरु कोही बिदेश गए कोही गाउँ फर्किएका छन् ।’

हाेटल ब्यवसायी संघ बाँकेका निवर्तमान अध्यक्ष समेत रहेका कँडेलका अनुसार काेभिड-१९ महामारी पछिको आर्थिक शिशिलताले हाेटल व्यवसायी उठिबास हुनुपरेकाे हाे । कँडेल भन्छन्,-‘ महिनामा मुस्किलले एक दुईदिन मात्रै फुल अकुपेन्सी हुने अवस्था छ । यसले कसरी भाडा,ऋण,ब्याज र कर्मचारीकाे खर्च टार्ने ? थेग्ने सक्ने अवस्था नभए पछि बन्द गर्नुकाे बिकल्प रहेन ।’

नेपालगन्जमा मात्रै ठूलो संख्यामा मध्यमस्तरका हाेटल संचालनमा छन् ।  यी हाेटलमा न्युनतम दुईलाख देखि दुई कराेडसम्म लगानी हुने गरेकाे छ । ठूलो संख्यामा राेजगारी सिर्जना गरेका थिए । तर पछिल्ला परिस्थितिले हाेटल बन्द भएर पलायन हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

प्रकाशित मितिः     २५ फाल्गुन २०८१, आईतवार १९:५१  |