नेपालगन्ज । आइतबार पुर्व राजा ज्ञानेन्द्र शाहकाे काठमाडौंमा भएको स्वागतमा भारत उत्तरप्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथकाे तस्वीर राखिएको बिषय बिवादित भएको छ ।
बिषय अन्तै माेडिए पछि राप्रपाका नेता ज्ञानेन्द्र शाहले झुठकाे सहारा लिदै याेगीकाे फाेटाे प्रधानमन्त्री केपी शर्मा ओलीले राख्न लगाएको आरोप लगाएका छन् । शाहीले याेगीकाे फाेटाेले आन्दोलन आलोचित भएपछि त्यसबाट बच्न साेमवार बिहान सामाजिक संजाल मार्फत यस्ताे आरोप लगाएका हुन ।
हेर्नुस्,
‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगि आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपि ओलि ज्युको निर्देशनमा प्रधानमन्त्री ज्युका प्रमुख राजनीतिक सल्लाहकार बिस्ष्णु रिमालले राख्न लगाईएको पाईएको छ । नेपाली राष्ट्रिय झन्डा सहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन छि छि।
बिदेशीको एजेन्डामा र सिद्धान्तनमा पार्टी चलाउनेहरुले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ ? माक्स ,लेलिन ,माओ कुन देशका हुन ?’
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको र्यालीमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर प्रयोग भएको छ ।
पूर्वराजा शाहको स्वागतमा गरिएको प्रदर्शनस्थलमा एकातिर आदित्यनाथ र अर्कोतिर ज्ञानेन्द्र शाहको तस्वीर प्रयोग भएको छ । तस्वीरमै हिन्दुवादी प्रदिपजंग राणाले उक्त तस्वीर बनाएको देखिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले आफ्नो फेसबुकमा राजावादीको र्यालीमा योगी आदित्यनाथको तस्विर प्रयोग भएकोबारे चासो राखेका छन् । छुट्टाछुट्टै मोटरसाइकलमा बोकिएको योगी र पूर्वराजा ज्ञानेन्द्रको तस्वीर राख्दै उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रवादी महोदयहरूले र्यालीमा प्रयोग गरेका यी २ फोटाहरू…..’

गत १७ माघमा पूर्वराजा शाह भारतको उत्तर प्रदेशको गोरखपुर पुगेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका थिए ।
शाहीले झुठाे दावीमा एमाले नेता बिष्णु रिमालले कडा जवाफ फर्काएका छन् हेर्नुस्,
कॉक्रा चोरहरू-
कॉक्रा चोर्छन्, खान्छन्,
पोल खुल्ने डरमा
हत्तपत्त अर्काको गालामा बियॉ टॉसी
कुलेलम ठोक्छन्!
दलालहरू—
पहिले दलाली गर्छन्
दलालीको पोल खुलेपछि
खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन्!
——-
[डिसईन्फरमेसनको सहारामा Accidently मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाईने भ्रम यस्तै हो। यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५/५ चोटी एडिट गरेको हिस्ट्रीले आफैं बताउँछ । मलाई यस्ता नालायकहरूसँग सवाल-जवाफ गर्नु छैन। कसले कहॉ के गर्दैछ- समाचार त आएकै छ नि!]