बाँके — बिएलई र एसइई परीक्षा -२०८१ लाई मर्यादित व्यवस्थित, भयमुक्त र सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यले नेकपा (एमाले) बाँके शिक्षा तथा मानव स्रोत विभागको आयोजनामा विशेष कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रम बिभाग प्रमुख सूर्य रोकायको अध्यक्षतामा तथा प्रतिनिधि सभा सदस्य दिपा शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियाे ।
लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारी, बैजनाथ गाउँपालिका उप–प्रमुख निर्मला रोकाय, सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, जिल्ला शिक्षा विकास समन्वय इकाई प्रमुख धनसुदन चौलागाई, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तुलराज कार्की, एमाले बाँके सचिव बलराम भट्टराई, पालिकाका शिक्षा शाखा प्रमुखहरू खगेन्द्र मल्ल ठाकुरी,लोकेन्द्र शाही, एनएनटिए केन्द्रीय सदस्य बामदेव सुवेदी, शिक्षक महासंघ बाँके अध्यक्ष महेश शर्मा, एनएनटिए बाँके अध्यक्ष बाबुराम अधिकारी, एनप्याब्सन बाँके अध्यक्ष किशोरराज मल्ल, प्रदेश सह–कोषाध्यक्ष कमलजी पाछैं, केन्द्रीय सचिव श्याम कुँवर, उप–महासचिव बामदेव न्यौपाने लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

गत वर्ष परीक्षा केन्द्रमा परेका विद्यालयका प्रअहरू सन्ध्या गुप्ता, मोहन चौधरी, उषा कुमारी थापा, चक्र रावत, दिलिप श्रीवास्तवलगायत करिब ५५ जनाको सहभागितामा सम्पन्न कार्यक्रममा १२ बुँदे निष्कर्ष जारी गरिएको छ।
अन्तरक्रियामा बोल्दै प्रमुख अतिथि संघीय सांसद तथा संघीय शिक्षा समिति सदस्य दिपा शर्माले बालबालिकाहरू लाई भयरहित वातावरणमा परीक्षा दिने गरी व्यवस्था गर्नुपर्छ बताइन्।
शर्माले एसईई परीक्षामा सामेल हुने विद्यार्थी तथा अभिभावकलाई सम्बन्धित विद्यालय प्रशासनले मनोपरामर्श सेवा दिन पहल गर्न पर्ने समेत उल्लेख गरिन्।
कार्यक्रमले परीक्षालाई व्यवस्थित, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गराउने सामूहिक प्रतिबद्धता व्यक्त गरेको छ।