झन्डै १५ सयकाे स्वास्थ्य परिक्षण, सबैभन्दा धेरै ‘सुगर’का बिरामी फेला(भिडियो रिपोर्ट)


नेपालगन्ज । बाँकेको खजुरामा फाल्गुन महिनाभरका लागि सन्चालन गरिएको नसर्ने राेग पहिचान सम्बन्धि अभियान बुधवार समापन भएको छ ।

याे अभियान अन्तरगत निःशुल्क स्वास्थ्य शिविर गर्नुका साथै नसर्ने राेगबाट सर्वसाधारणलाई बचाउन प्रचारात्मक अभियान गरिएको स्वास्थ शाखा प्रमुख लक्ष्मी केसीले बताउनुभयाे ।

अभियान समापनकाे दिन सीतापुरमा स्वास्थ शिविर र जनचेतनामूलक कार्यक्रम गरिएको थियाे । पालिकाका प्रवक्ता समेत रहनुभएका वडा अध्यक्ष धनराम ओलीले कार्यक्रम निकै प्रभावकारी भएको भन्दै प्रशंसा गर्नुभयाे ।

अभियानमा समयमा गरिएको शिविरमा चाैध सय ३४ जनाले स्वास्थ सेवा लिए । ती मध्ये सबैभन्दा धेरै सुगरका दुई सय ६४ र ब्लडप्रेसरका दुई सय २० जना बिरामी फेला परे । किड्नी समस्याका १ सय ४३ र क्यान्सरकाे आशंका गरिएका बिरामी फेला परेकाे र उनीहरुको उपचारमा आवश्यक समन्वय गरिएको केसीले बताउनुभयाे ।

खजुरा गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा सन्चालनमा रहेको स्वाथ्य शिविरमा स्त्री रोग विशेषज्ञ, जनरल फिजिसन चिकित्सक सहितको सेवा प्रदान गरिएको हाे ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिकले राष्ट्रिय अभियान सगैं स्थानिय सरकारले जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविरहरु सन्चालन गरिएको जनाउनुभयाे । खजुरालाई स्वास्थ्यमा चेतनशिल बनाउन शिविरका साथै अन्तरक्रिया कार्यक्रमहरु समेत सन्चालन गरिरहेको अध्यक्ष बिकले बताउनुभयाे ।

प्रकाशित मितिः     २८ फाल्गुन २०८१, बुधबार २१:२२  |