नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य मनोनित


नेपालगन्ज । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा भरतराज आचार्य मनोनित हुनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार आचार्यलाई कोषाध्यक्षमा मनोनयन गर्नु भएको हो ।

उहाँले महासंघको उद्योग समिति सभापति तथा रोजगारदाता परिषद्को सहसभापति तथा स्थायी समिति सदस्य भई कार्य सम्पादन गरिसक्नु भएको छ ।

एक दशक बढि समय देखि महासंघमा योगदान दिनुभएका आचार्य विभिन्न उत्पादनमुलक तथा प्रविधिजन्य औद्योगिक प्रतिष्ठानमा आवद्ध हुनुहुन्छ ।

यसअघि महासंघको कोषाध्यक्षमा निरक केसी हुनुहुथ्यो । उहाँको १८ महिने कार्यकाल सकिएपछि महासंघमा कोषाध्यक्ष पद उक्त रिक्त थियो । आचार्यले अब महासंघमा कोषाध्यक्षको बाँकी कार्यकाल सम्हाल्नु हुने छ ।

 

प्रकाशित मितिः     ३० फाल्गुन २०८१, शुक्रबार ०८:१६  |