नेपालगन्ज । बजार अनुगमनसंगै जरिवाना पर्ने ब्यवसायीक फर्मकाे संख्या पनि बढ्दाे छ ।
वाणिज्य कार्यालय नेपालगन्जका अनुसार पछिल्लो तीन बर्षयता सोर्ह सय हाराहारीमा व्यवसायिक प्रतिष्ठानमा अनुगमन गरिएको थियाे । त्यसमध्ये अढाई सय फर्मलाई जरिवाना गरिएको थियाे ।
हेर्नुस् तीन वर्षयताकाे तथ्यांक

वाणिज्य कार्यालय नेपालगन्जका निमित्त प्रमुख हरि बहादुर खत्रीले बजार अनुगमनकाे कामलाई प्रभावकारी बनाइरहेकाे बताउनुभयो ।
विश्व उपभोक्ता अधिकार संरक्षण दिवसका अवसरमा कार्यालयले आयोजना गरेकाे अन्तरक्रियामा प्रमुख खत्रीले उपभोक्ता अहित गर्नेलाई खोजीखोजी कारवाही गर्ने उल्लेख गर्नुभयाे ।