बाँके । नेपालगन्ज मेडिकल कलेजका ‘हर्ताकर्ता संचालक’ सुरेश कुमार कनाेडिया २०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट नेपालगन्जकाे ‘मेयर’ पदमा चुनाव लडे । चुनावमा पराजित भए पनि राजनीतिक गतिविधि उत्तिकै सक्रिय छन् ।
प्रशान्त बिष्टलाई ‘मेयर’ जिताउन त उनी नेपाली काँग्रेसकाे निवार्चन परिचालन समितिकाे संयाेजक नै बने । राजनीतिमा लागेर जनप्रतिनिधि बन्ने उनकाे अभिलाषा पूरा भएको छैन । सम्भवतः फेरि कुनै दिन चुनाव लड्लान् ।
हेर्नुस् डा कनाेडियाकाे प्रचार सामाग्री
यी कनाेडियाकाे नेपालगन्ज मेडिकल कलेजले कर्मचारीहरुलाई ‘राजनीति’ गरेकाे भन्दै अहिले भने भटाभट प्रतिशाेधपुर्ण कारवाही गरिरहेकाे छ । नयाँ व्यवस्थापकले बहुसंख्यक शेयर खरिद गरेपछि नेपालगन्जस्थित अस्पतालमा संजिवनी अस्पतालकाे बाेर्ड झुण्ड्याइएको छ । कर्मचारी महिनाैंदेखि आन्दोलनमा छन् ।
आफ्नै कर्मचारीले गरिरहेकाे आन्दोलन कुनै न कुनै रूपमा सम्हाल्नुपर्ने कानुनी र नैतिक जवाफदेहिता बिर्सिएर अस्पताल ब्यवस्थापनले कर्मचारीलाई ‘जसरी हुन्छ’ हटाउन खाेजेकाे छ ।
प्रत्येक कर्मचारी सम्बन्धित संस्था र त्यसले दिने ‘डिउटी’प्रति जवाफदेही बन्नुपर्छ । अन्यथा कारवाहीकाे भागिदार बन्नैपर्छ । तर आन्दोलन गरेकै निहुँमा याे वा त्याे बहाना बनाएर दुख दिनु सर्वथा गलत हाे । तर व्यवस्थापले कर्मचारी सम्हाल्ने भन्दा पनि उनीहरुलाई हटाउने नियत राखेकाे स्पष्ट हुन्छ ।
कर्मचारी आन्दोलनको नेतृत्व गरेका मुख्य मुख्य अगुवालाई दलमा लागेकाे भन्दै सात दिन भित्र लिखित जानकारी गराउन अस्पतालका उपनिर्देशक श्याम कुमार शर्माका नाममा स्पष्टीकरण साेधिएको छ ।

सिनियर स्टाफ नर्स अनिता थापालाई साेधिएको स्पष्टीकरण पत्रमा भनिएको छ,
‘ तपाई यस कम्पनीद्वारा संचालित नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा स्थायी कर्मचारीको रुपमा कार्यरत रहदै आउनु भएकोमा तपाई नेकपा एमाले वा सो को भात्त् संस्थाको पदाधिकारी वा कार्यकारी सदस्य बनी सक्रिय रानीतिमा भाग लिनु भएको भन्ने जानकारी प्राप्त हुन आएकोमा यस कम्पनीको कर्मचारी सेवा शर्त नियमावली २०७१ को दफा ३४ को ३ बमोजिम यस कम्पनीमा कार्यरत कर्मचारीले कुनैपनि राजनीतिक दल वा सो को भात् संस्थाको पदाधिकारी वा कार्यकारी सदस्य बन्नु पर्दा यस कम्पनीको पदबाट राजिनामा गरी अवकास लिई मात्र बन्नु पर्ने भन्ने व्यवस्था नियमावलीमा विद्यमान रहेकाले हाल तपाई उल्लेखित राजनीतिक दल वा सो को भात्तु संस्थाको पदाधिकारी वा कार्यकारी सदस्य रहे नरहेको सम्बन्धमा यो पत्र प्राप्त गरेका मितिले ७ दिन भित्र यस कम्पनीलाई लिखित जानकारी गराउनु हुन सूचीत गरिएको छ ।’
कर्मचारीले बताए अनुसार ब्यवस्थापनले आन्दोलनको नेतृत्व गरेकाे निहुँ प्रतिशाेध साधिरहेकाे छ । उनीहरु भन्छन्,_’ अहिले कर्मचारीकाे आन्दोलन सक्न ब्यवस्थापन लागिपरेकाे छ । त्यसका लागि उनीहरुलाई के पाउँ कनिका बुकाउ भनेझैं भएको छ ।’
ती कर्मचारीका अनुसार, अस्पतालका ‘हर्ताकर्ता’ कनाेडीया आफै राजनीतिमा सक्रिय छन् उनकै अस्पतालले कर्मचारीलाई ‘राजनीतिमा लाग्यौं’ भनेर यसरी दुख नदिनुपर्ने हाे ।
कनाेडिया चुनाव लड्दा आफुले सम्हालेकाे पदबाट भने राजिनामा दिएका थिए । तर चुनाव हारेपछि फेरि साेही जिम्मेवारी तत्कालै फर्किएर धेरैले कनाेडियाकाे राजिनामालाई सार्वजनिक खपतका लागि मात्रै गरेकाे’फन्डा’ भन्दै टिप्पणी गरेका थिए ।
शिक्षण अस्पतालले यसरी कर्मचारीलाई हटाउने नियतले दलमा जाेडिएकै कारण स्पष्टीकरण साेधेकाे बिषयमा लुम्बिनी प्रदेशका सांसद रत्न खत्रीले प्रश्न उठाएका छन् । खत्री लेख्छन्,-
‘यति बेला गैरकानुनीरुपमा संचालित लड बुद्ध अस्पताल नेपालगन्जका संचालकहरु पंचायती काला रात्रीको झल्को दिने गरि आस्थाका आधारमा कर्मचारी माथी स्पष्टीकरणका नाममा आतंकित गर्ने काम सिलसिलेबार गरि रहेका छन। हेक्का रहोस् यिनै संचालकहरु कस्को निर्वाचन चिन्ह लिएर चुनाव लडे । को- को कुन कुन पार्टीका कुन-कुन तहका कमिटीमा संगठित छन यसको हिसाब किताब हामीसंग पनि छ । पैसा र शक्तिको भरमा दुनियाँ जित्न सकिन्छ भन्ने भ्रमबाट मुक्त भए हुन्छ आस्थाकै आधारमा व्यबहार गर्ने हो भने हामी बाध्य हुने छौ । अबैध अस्पताल संचाकहरुलाई सामाजिकरुपमै बहिष्कार अभियान संचालन गर्ना चेतना भया ।’
जिफन्ट नेता पुर्ण केसीले यसरी प्रतिशाेधपुर्ण तरिकाले आस्थाकै आधारमा कारवाही गर्नु गलत भएको बताउँदै भने,-‘ कुनै पनि संस्थाकाे डिउटी आवरपछि कुन राजनीति गतिविधि लाग्छ उसकाे स्वतन्त्रताकाे कुरा हाे । त्यसमा छेकबार गर्नुहुँदैन । ट्रेड युनियन अधिकारकाे हनन् हाे ।’