पदाधिकारी र कर्मचारीले ‘डुबाए’ मेघा बचत सहकारी


 

बाँके   । नेपालगंज-२  स्थित मेघा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सहितका पदाधिकारी र कर्मचारीले आर्थिक अनियमितता गरेका छन् ।

आर्थिक अनियमितता गरेपछि उक्त सहकारी छानबिनकाे दायरामा परेकाे भन्दै निक्षेपकर्तालाई सम्पर्क आउन जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी दिपक पातलीले जानकारी दिए ।

प्रहरीका अनुसार, संचालक समिति तथा पदाधिकारीहरुले कार्यालय बन्द गरी सम्पर्क बिहिन भएको, आर्थिक अनियमितता गरेको, बचतकर्ताको बचत फिर्ता नगरेको बिषयमा सहकारी दर्ता अधिकारीको कार्यालय देउखुरी दाङ‌ले अनुगमन गरेकाे थियाे ।

अनुगमन तथा निरीक्षण गर्न टोली गठन गरिएकोमा उक्त अनुगमन तथा निरीक्षण टोलीले मेघाले सहकारी सिद्दान्त र मूल्य मान्यता विपरित कारोबार भएको पाइएको थियाे ।

कानूनको परिपालना नभएको यथाशीघ्र लेखा परिक्षण गराई विज्ञहरुको संलग्नतामा छानविन समिति गठन गरी संस्थाका अध्यक्ष तथा पूर्व कर्मचारीहरु उपर अवश्यक अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।

सहकारीमा समस्या उत्पन्न भए पछि  रकम बचत गर्नुहुने बचतकर्ताहरुले आफ्नो बचत गरेको रकम अपचलन, हिनामिना तथा ठगी भएको सन्दर्भमा प्रमाण सहित १५ (पन्ध्र) दिन भित्र  जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दरखास्त सहित सम्पर्क गर्न सुचना जारी गरिएको छ ।

प्रकाशित मितिः     ४ चैत्र २०८१, मंगलवार १४:१७  |