राेजगार चाहियाे ? सहभागी हुनुहाेस् राेजगार मेलामा


बाँके । नेपालगन्ज पश्चिम नेपालको औद्योगिक शहर हो । पञ्चायत कालदेखि नेपालगन्जमा औद्योगिक क्षेत्र सञ्चालनमा छ । जिल्लामा नौबस्ता औद्योगिक क्षेत्र निर्माणाधीन छ ।

औद्योगिक क्षेत्र भन्दा बाहिर पनि जिल्लामा ठूलो संख्यामा उद्योगहरु खुलेका छन् । जिल्लाका उद्योग, व्यवसाय र औद्योगिक प्रतिष्ठानका लागि श्रमिकको पूर्ति भने बाँके, बर्दियाका साथै बाहिरी जिल्ला र भारतका विभिन्न राज्यबाट भइरहेको छ ।

जिल्लामा ठूल्ठूला औद्योगिक र व्यापारिक प्रतिष्ठानहरु सञ्चालन गरिए पनि श्रमिकको माग र आपूर्ति बिचको तादाम्यता नमिलेर यहाँका उद्यमी व्यवसायीहरुले श्रमिक विदेशबाट ल्याउनु पर्ने र यहाँका श्रमिकहरु बाहिर देश र अन्य जिल्लामा जाने बाध्यता छ ।

रोजगारदाता र बेरोजगार व्यक्तिहरुलाई एकैथलोमा राखेर रोजगारी सिर्जना गर्ने, विद्यमान बेरोजगारी समस्या कम गर्ने, विदेश पलायन न्यूनिकरण गर्ने र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले संघले १५ र १६ चैत्र २०८१ मा नेपालगन्जको सिद्धार्थ कटेजमा बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म दुई दिने रोजगार मेला २०८१ आयोजना गर्न गइरहेको छ । मेलामा उद्योग, पर्यटन र कृषिका विषयमा तीन वटा छुट्टा छुट्टै रोजगार संवाद हुनेछन् ।

संघले आयोजना गरेको रोजगार मेलामा नेपालगन्ज उपमहानगपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका, नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकासँग सहकार्य र साझेदारी रहेको छ । मेलाको मिडिया पार्टनर सम्यक मिडिया प्रा. लि. नेपालगन्ज, टेलिभिजन पार्टनर जी नेपाल एचडी, इन्टरनेट पार्टनर भायोनेट र इन्स्योरेन्स पार्टनरसिद्धार्थ प्रिमियर रहेका छन् ।

मेलामा रोजगारदाताका ३५ वटा स्टल रहनेछन् । संघले सबैस्टल निःशुल्क उपलब्ध गराएको छ । मेलाबाट कम्तीमा पनि १०० जनाले प्रत्यक्ष रोजगार पाउने अनुमान गरिएको छ । रोजगारदाता र

रोजगारको खोजीमा रहेका व्यक्तिबीच सिधा सम्पर्क हुने भएकाले पनि मेला लगत्तै पनि धेरै रोजगारीका अवसर सिर्जना हुनेहामीले आशा गरेका छौं । रोजगार मेलाले रोजगारदातालाई आवश्यक पर्ने श्रमशक्तिको पहिचान गरेपछि सोही अनुसारको सीपयुक्त जनशक्ति उत्पादनका लागि तालिम आयोजना गरेर रोजगारी सिर्जना गरिने प्रतिबद्धता पनि जनाउन चाहन्छौं । त्यसका लागि स्थानीय सरकार, प्रदेश र संघीय सरकारका साथै रोजगारदातासँग सहकार्य गर्नेछौं ।

अन्त्यमा रोजगार मेलाको अवलोकन गरी, सहभागिता जनाइ र प्रचारप्रसार गरेर सफल पार्न सम्पूर्ण पत्रकार, उद्योगीव्यवसायीलगायत सम्पूर्ण सरोकारवाला बाँकेवासीसँग हार्दिक अपिल गर्दछौं ।

(आयोजकका तर्फबाट बितरित प्रेस बिज्ञप्ति)

प्रकाशित मितिः     १३ चैत्र २०८१, बिहीबार १६:२३  |