प्रधानमन्त्री समक्ष आगामी बजेटमा स्रोत सुनिश्चितताकाे अनुरोध


नेपालगन्ज । ‘समृद्ध बाँके’का लागि नेकपा एमालेका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सत्र महत्त्वपूर्ण याेजनाकाे सुचि बुझाएका छन् । आगामी बजेटमा ती याेजनाका लागि स्रोत सुनिश्चित गरिदिन पनि माग गरिएको छ ।

प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, दीपा शर्मा केन्द्रीय सदस्य तथा बाँके ईन्चार्ज शान्ति ढकाल,माेहमद हारुन हल्वाई, जिल्ला अध्यक्ष निरक गुरुङ लगायतका नेताहरुले सामुहिक भेटेर माग अघि सारेका हुन ।

यी हुन महत्त्वपूर्ण याेजना

१. राष्ट्रिय गौरवको योजना सिक्टा सिंचाइ आयोजना
२. नौवस्ता औद्योगिक क्षेत्र
३. खजुरा क्यान्सर अस्पताल
४. लुम्बिनी प्रादेशिक प्राविधिक विश्वविद्यालय
५. आधुनिक सुविधा सम्पन्न भेरी अस्पतालको स्तर उन्नति
६. नेपालगञ्ज एयरपोर्ट स्तर उन्नति
७. कोहलपुर क्रिकेट मैदान
८. बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र कुसुम देखि चिसापानीसम्म तारबार
९. महेन्द्र बहुमुखी क्याम्पस र बागेश्वरी बहुमुखी क्याम्पस स्तरउन्नति
१०. कोहलपुर चप्परगौडी खड्कवार हुँदै घुयाबारीसम्मको सडक
११. राप्ती नदी कुसुम बैरिया, कचनापुरको मधुवा र राजपुर को परुवा खोला, महादेवामा पक्की पुल निर्माण
१२. खल्ला झगडिया, विशम्भरपुर ,चुकेनाला, डुडुवा र रोहिणी र मान खोलामा तटबन्धन
१३. बैजापुर औद्योगिक ग्राम स्थापना र संचालन
अगैया कचनापुर हुँदै कम्दी जोड्ने सडक
१४. कोहलपुर जैविक पार्क, कोहलपुर रिङ्गरोड, कोहलपुर आधुनिक सुविधा सम्पन्न बाल अस्पताल ,सिटीहल
१५. कोहलपुर खेलकुद विश्वविद्यालय स्थापना
१६. नेपालगञ्ज उपमहानगरपालिका कारकाँदाे-नन्दनी मिल जिल्ला प्रहरी कार्यालय पछाडिको बस्ती हुँदै पक्की नाला सहित ढल निर्माण
१७.नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्राउन्ड दर्शक र फुटबल तथा धम्बोजी ब्याडमिन्टन प्रदर्शन केन्द्रमा दर्शक प्याराफिट निर्माणको लागि बजेटको व्यवस्थापन गरिदिन अनुरोध गर्दछौं।

प्रकाशित मितिः     १४ चैत्र २०८१, शुक्रबार ०८:२९  |