नेपालगन्ज । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर स्वादउत्सव कार्यक्रम आयोजना गर्न लागेको छ ।
यही चैत्र २५ गतेदेखि २९ गतेसम्म पौवाका सबै शाखामा आयोजना हुने स्वादउत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुने हुनेछ ।
नवौं वार्षिकोत्सवको अवसरमा देशभरका शाखाहरूमा विभिन्न कार्यक्रमसहित पौवाले स्वादउत्सव मनाउन लागेको हो । होटल पौवाका अनुसार उत्सवमार्फत पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ । उच्च आतिथ्यता प्रदान गर्दै मौलिक स्वादको अनुभव पाहुनाहरूसमक्ष पु¥याउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।
यसैगरी स्वाद उत्सवको उद्देश्य पौवाका सेफहरूबीच नै स्वस्थ प्रतिस्पर्धा गराई बढीभन्दा बढी गुणस्तरीय खाना तयार पार्नु पनि रहेको होटल संचालकहरुको भनाई छ । ‘स्वाद उत्सवमा पाहुनाहरूले दिनुहुने प्रतिक्रियाले सेफहरूको अनुभवमा निख्खरता आई क्षमता अभिवृद्दि गर्न मद्दत पुग्ने विश्वास पौवाले लिएको छ । यो उत्सवको अर्को महत्वपूर्ण लक्ष्य भनेको स्थानीय किसानको खाद्य एवं तरकारीजन्य उत्पादनलाई प्रोत्साहन समेत गर्नु हो ।’
नवौं वार्षिकोत्सवको अवसरमा आयोजित स्वादउत्सव देशभरका शाखाहरूमा एकैसाथ सञ्चालन हुनेछ । उत्सवमा भाग लिनका लागि सबै शाखाबाट २ लाख स्थानीय तथा बाह्य पाउनाहरूलाई प्रत्यक्ष भेट गरी निमन्त्रणापत्र दिइएको छ । ती सबै अतिथि पाहुनाहरूलाई पौवामा आएर खानाको निशुल्क स्वाद लिन पाउनेगरि ब्यवस्था मिलाइएको छ ।
नौलो प्रस्तुतिका रुपमा ९ वर्षअघि उदाएको पौवाले आफ्नो नामको भावलाई प्रतिबिम्बित गर्नेगरी आतिथ्य सेवा प्रदान गर्दै आएको छ । ‘जसरी विगतमा बाटोमा हिँड्ने बटुवाले आश्रय लिने स्थानलाई पाटी पौवा भन्ने गरिन्थ्यो, आकाशबाट झरी पर्दा होस् वा आँधीतुफान आउँदा पाटी पौवा बटुवाहरूका लागि ओत बस्ने सहारा बन्ने गर्दथ्यो । त्यसैगरी, होटल पौवा देश विदेशका अतिथि पाहुनाहरूको ओत बनेको छ । पाहुनाहरूले दिएको विश्वास र समर्थनकै कारण पौवा ‘मिसन १००’ को लक्ष्य पच्छ्याउँदै देशभर विस्तारित भैरहेको छ ।’
स्थापनकालदेखि नेपाली हस्पिटालिटी दिने उद्घोष गर्दै पौवाका हरेक शाखाहरूमा नेपाली स्वाद, नेपालीपनको मनैदेखिको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रमहरू हुँदै आएका छन् । अन्तर्राष्ट्रिय जगतमा समेत ख्याती कमाएको नेपाली सत्कारलाई ब्राण्डिङ गर्दै हरेक शाखाहरूमा नेपाली पहिचान दिने सेवालाई थप समृद्ध बनाउने उद्देश्यका साथ पौवाले आफ्नो अभियानलाई अघि बढाइरहेको होटल पौवाका अध्यक्ष भण्डारीले बताए । ‘नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचानलाई पौवाले लक्ष्य बनाएको छ । सबै धर्म, संस्कृति मान्ने नेपालीका विभिन्न चाडपर्वलाई पौवाले विशेष बनाउँदै आएको छ ।’
होटल पौवाको सेवा नेपाली हस्पिटालिटी
पौवा आतिथ्य सेवालाई मुल मन्त्रको रुपमा सञ्चालित होटल हो । संस्कार सिकाउने विश्रामस्थलको रुपमा पौवाले आफनो विस्तारको लक्ष्य लिएको छ । देश विकासको महत्वपूर्ण आयाम भनेको संस्कार र संस्कृतिको संरक्षण एवं सम्बद्र्धन पनि हो । नेपाली आतिथ्य संस्कृति विश्वमै अनुपम छ । संसारभरका पाहुनाहरूलाई न्यानो आतिथ्य संस्कारसहितको संस्कृति प्रदान गर्ने काम होटल पौवाले गर्दै आएको छ ।

९ वर्षअघि विश्व शान्तिका दुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रदेशबाट होटल पौवाको पहिलो यात्रा सुरु भएको थियो । आजको दिनसम्म आइपुग्दा १८ वटा शाखा पुगेका छन् । जहाँ ७०० भन्दा बढिलाई प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । नेपालगन्जमा पाँचतारे होटल ‘पौवा वेस्ट्रन’को पहिलो चरणको काम सम्पन्न भएको छ भने मुख्य अतिथि आवास भवन निर्माण भैरहेको छ । अत्याधुनिक सभा हल तथा नेपाली रेस्टुरेन्ट सुरु भई सकेको छ ।
नेपालगन्जको होटलमा नेपाली हस्पिटालिटी भित्र अन्तरराष्ट्रिय सुबिधा रहने छ ।
होटल पौवाकोे नेपालगन्जमा सञ्चालन शाखामा फरक फरक स्वाद र परिकारका ५ वटा रेष्टुरेन्ट, ४ वटा ठुलो सभा हलसहित १४ वटा मिटिङ हल, ७ वटा स्वीट रुमसहित ९६ वटा डिलक्स रुम उपलब्ध हुनेछन् । नेपालगन्जमा पहिलो होटलका रुपमा ९ तला सहितको एउटै छानामुनी क्यासिनो, स्पा, स्विमिङ, जिम सुविधा रहने छन् ।
स्थापनाको ९ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पौवाको पहुँच पुगेको छ भने छिमेकी कर्णाली प्रदेशको जुम्ला, गण्डकी प्रदेशको पोखरा, सुदुरपश्चिम प्रदेशको धनगढी तथा बाग्मती प्रदेशको काठमाडौं र सौराहामा पौवाको सेवा उपलब्ध छ ।
लुम्बिनी प्रदेशको रुपन्देहीको भैरहवाको चिल्ड्रेन पार्क र बुटवलको योगीकुटी, दाङको भालुवाङ, लमही र घोराही, कपिलवस्तुको गोरुसिङ्गेमा पौवाले समान र नेपालीपन सहितको सेवा दिइरहेको छ । त्यसैगरि पाल्पाको तानसेन र गुल्मीको रेसुङ्गामा पनि अन्तरराष्ट्रिय स्तरको रिसोर्टसहित होटल संचालनमा रहेको छ । त्यसैगरि सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा पनि पौवाको सेवा संचालन भइसकेको छ ।
कोशी प्रदेशमा होटल सञ्चालनको अध्ययन गरिरहेका तथा मधेश प्रदेशको जनकपुरमा सम्भाब्यतासहित होटल संचालनको प्रारम्भिक तयारी गरिएको छ । यस्तै, गण्डकी प्रदेशमा पनि थप होटल संचालनको अध्ययन थालिएको छ ।
सिन्धुली सदरमुकाममा नयाँ शाखा स्थापना हुन गैरहेको छ । अबको केही समयभित्रै पाल्पाको झिगामारामा पौवा बनवास रिसोर्ट समेत स्थापना हुँदैछ ।
देशलाई चिनाउने क्षेत्र पर्यटन क्षेत्र नै हो । हाम्रो डाँडापाखालाई सदुपयोग गर्ने हो भने रोजगारीको लागि विदेश पलायनलाई समेत कम गर्न सकिन्छ । पौवाको प्रमुख लक्ष्य देशभित्रै रोजगारी सिर्जना गर्ने हो । पौवाले स्थानीय उत्पादनको समेत खपत गर्दै आएको छ जसले पौवा पुगेको स्थानमा आम्दानीको स्रोत समेत विस्तार भएको छ ।
लेखक पाैवा ग्रुुपकाे अध्यक्ष हुनुहुन्छ ।