
नेपालगन्ज । नयाँ साेंच,दृड ईच्छाशक्ती । उस्तै परे जनमुखी हुन नखाेज्ने ‘सिस्टम’विरुद्ध ‘बिद्रोह’गर्न पनि तयार ! डा. उमाकान्त तिवारीका परिचय हुन यी । अरु भन्दा भिन्न यिनै डाक्टर देशकै दुर्गमक्षेत्र हुम्लाका जनतालाई स्वास्थ सेवा दिन स्वास्थ सेवा कार्यालय सिमीकाेट ‘हाजिर’भएका छन् ।
त्यहाँ हाजिर भए पछि हामीसंगकाे संवादमा डा तिवारी भन्नुभयो ,-‘दुर्गमले बिशेषज्ञ सेवा पाएको छ । यहाँकाे अस्पतार सुधार्दै जनताले राम्रो सेवा दिन लाग्छु ।’ तर अनेक फण्डामा चल्ने ‘हेल्थ सिस्टम’ले डा तिवारीकाे सामर्थ्यलाई पहिचान गरेर सरल तरिकाले काम गर्न दिन्छकी दिदैन हेर्न भने बाँकी छ ।
डा तिवारी कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट सरुवा भएका हुन । त्यसअघि उनले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा गर्नुभयाे ।
डा तिवारीकै कमाण्डमा ८ जना एमबीबीएस डाक्टर, प्यारामेडिक्स तथा नर्सहरु इमरजेन्सी विभागमा परिचालित भए पछि देखिने गरि सेवा सुधारिएको थियो ।
‘अस्पतालको इमरजेन्सी भनेको घरको मुल ढोका जस्तै हो उहाँले भन्नुभयो–‘जव तपाईको मूल ढोका ठिक छैन, बलियो छैन भने चोर पस्ने जोखिम हुन्छ । त्यस्तै अस्पतालको इमरजेन्सीले अस्पतालको अवस्था दर्शाउँछ । इमरजेन्सीमा जाँदाजाँदै तुरुन्त उपचार भयो कि भएन ? समयमा विरामीको रोग पहिचान भयो कि भएन ? भन्ने कुरा महत्वपूर्ण हो । अहिलेसम्म प्रतिष्ठानको इमरजेन्सी विभागमा एमडिजिपी गरेको चिकित्सक नै आएको रहिन्छ । म आएदेखि इमरजेन्सी विभागलाई विरामीमैत्री र गुणस्तरीय बनाउँदै लैजाने प्रयास प्रारम्भ भएको छ ।’
को हुनुहुन्छ डा तिवारी ?
विस २०४६ साल बैशाख २२ गते जुम्लाको सिंजामा जन्मिनुभएका डा तिवारी पढाइमा अव्वल मानिनुहुन्छ । पढ्न तिक्षण तिवारी कक्षामा कहिले दोस्रो हुनु भएन् । जुम्लामा कक्षा ५ सम्म अध्ययन गरेपछि तत्कालीन सशस्त्र विद्रोहका कारण उहाँको परिवार विस्थापित भएर कैलाली झर्यो । कैलालीमा उहाँले कक्षा ६ र ७ सम्म अध्ययन गर्नुभयो ।

८, ९ र १० कक्षा भने किर्तिपुरमा पढ्नुभयो । २०६३ सालमा उत्कृष्ट नतिजासहित एसएलसी उर्तिण गरेपछि उहाँले २०६५ सालमा सेभिर्यस ललितपुरबाट आइएसी गर्नुभयो । भैरहवा युनिभर्सल कलेजबाट २०७२ सालमा छात्रवृत्तिमा एमविविएस गर्नुभएका डा तिवारीले २०७९ सालमा छात्रावृत्तिमै पाटन अस्पतालबाट एमडी गर्नुभएको हो ।
उहाँले जिल्ला अस्पताल कालिकोट, भजनी प्राथमिक स्वास्थ्य केन्द्र कैलाली, पाटन अस्पतालमा बसेर पनि सेवा प्रवाह गरिसक्नुभएको छ । भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उहाँकै पहलमा केन्द्रको फार्मेसी शुभारम्भ भएको हो । सम्भवतः स्वास्थ्य केन्द्रमा आफ्नै फार्मेसी भएको भजनी स्वास्थ्य केन्द्र नेपालकै पहिलो हो ।
उहाँको वुवा अझै पनि किसानी गर्नु हुन्छ भने आमा गृहणी । चार भाइवहिनी मध्ये उहाँकी ठूलो दिदी निजामति कर्मचारी हुनुहुन्छ भने वहिनी नि डाक्टर हुनुहुन्छ । भाइ भने इन्जिनियर हुनुहुन्छ ।