
यति सुन्दर र राम्रो गुरुयोजना शायद नेपालका कुनै विश्वविद्यालयको छैन । यसले विदेशी बिद्यार्थीलाई आकर्षण गरेर वैदेशिक मुद्रा आर्जन गर्ने सम्भावना त छ नै, त्यसवाहेक नेपालमा पढ्नका लागि विदेशीहरु पनि आउँछन् भन्ने मान्यता स्थापित गर्नेछ ।
त्यसैले त यो परियोजना अन्तर्गत २२ हजार बिद्यार्थीलाई अध्यापन गराउने लक्ष्यको ७० प्रतिशत बिद्यार्थी विदेशी आउने करिव ग्यारेन्टी छ । यसभित्र किण्डर गार्डेनदेखि स्नातकोत्तरसम्मको आवासीय पढाई हुनेछ । जो नेपालका लागि नयाँ आयाम हुनेछ । यसका लागि तस्वीरमा देखिएजस्तै बिभिन्न ब्लकहरु हुनेछन् । यहाँ कंक्रीटका ठूला महल हुने छैनन् । अण्डरग्राउण्ड पार्किङ् हुनेछ ।
सम्पूर्ण संरचना प्रकृतिमैत्री हुने छन् । मैले केही समयदेखि भन्दै र लेख्दै आएको छु कि आगामी १० वर्षमा संसारभर मानसिक रोगीको समस्या भयानक रुपले आउने छ, जसको राम्रो तयारी गर्दा संसारभर दक्ष जनशक्ति विक्री गर्न सकिन्छ ।
हो यहाँ यो कुरालाई सम्वोधन गर्नेगरी “spiritual hospital” बनाइनेछ । जहाँ मानसिक तथा डिप्रेसनसहित आत्मिक र भावनात्मक समस्याहरूको समाधानका लागि विभिन्न तरिकाबाट प्रयास हुनेछ ।
यो रुपन्देहीका लागि रुपान्तरणकारी गौरवको आयोजना हो । कम्तिमा देवदह नगरपालिकाले यसलाई आफ्नो अपनत्वका साथ कार्यालयमा राखेर सो क्षेत्रका जनतालाई सुसूचित गराउँदा उचित हुन्थ्यो कि ?

यो परियोजनासहित लुम्विनी प्रादेशिक अस्पतालको स्तरोन्नति, मोतिपुर औद्योगिक करिडोरको निर्माण, सेमलारको कृषि वजार र तिलोत्तमाको सरकारी मेडिकल कलेजजस्ता मेगा परियोजना पूरा हुँदा रुपन्देहीको अनुहार र रुपरंग पूरै फेरिने छ ।
अन्य आयोजना कार्यान्वयनको चरणमा भएपनि औद्योगिक करिडोरको प्रक्रिया ढिला हुन गएको छ । जे जति वन्न सक्छ त्यतिवाटै शुरु गरेर भएपनि यसलाई अविलम्व अघि बढाइयोस् ।