एमाले बाँकेले शुरु गर्‍यो ‘घर फर्काउने’ अभियान


नेपालगन्ज । नेकपा एमाले बाँकेले एकीकृत समाजवादीका नेता कार्यकर्तालाई ‘घर फर्काउने’ निर्णय गरेकाे छ । शुक्रबार अध्यक्ष निरक गुरुङको अध्यक्षतामा बसेकाे बैठकले उक्त निर्णय गरेको हाे ।

उक्त निर्णयसंग शनिबार समाजवादी पार्टीका राप्तीसाेनारी -६ का वडा अध्यक्ष निमबहादुर बुढाथोकी एमाले फर्किएका छन् । बुढाथोकी सहित वडा नै पुरानै घर फर्किएका छन् ।

पार्टी सचिव बलराम भट्टराईका अनुसार, चौथो पूर्ण बैठक पार्टी कार्यालय नेपालगञ्जमा विभिन्न निर्णयहरू सहित सम्पन्न भएको छ।

‘इतिहासको लामो कालखण्ड नेकपा एमालेमा नै बिताएर पनि हाल नेकपा समाजवादी लगायतका पार्टीहरूमा रहनुभएका एमालेका कर्मठ योद्धाहरूलाई पुनः एमालेमा स्वागत गर्नका लागि बैठकले निर्णय गरेकाे छ ।’- भट्टराईले भने ।

भट्टराईका अनुसार, हिजो नेकपा एमालेमा रहँदाखेरि जुन कमिटीमा हुनुहुन्थ्यो त्यही कमिटीमा व्यवस्थापन गर्ने गरी घर फर्काउन खाेजिएको हो ।

प्रकाशित मितिः     ६ बैशाख २०८२, शनिबार १९:१५  |