नेपालको अन्तर्राष्ट्रिय व्यापारमा क्रमश सुधार


नेपालगन्ज । नेपालको अन्तर्राष्ट्रिय व्यापारमा क्रमश सुधार देखिएको छ। हरेक महिना आयात-निर्यातको ग्राफ बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार पुसदेखि चैतसम्म चार महिनासम्म १ खर्ब १५ अर्ब बराबरको निर्यात भएको छ।

विभागको तथ्यांकअनुसार पछिल्लो ६ महिनादेखि हरेक महिना अन्तर्राष्ट्रिय व्यापार तीव्र रूपमा बढेको छ। चैत महिनामा मात्रै ३० अर्ब दुई करोडको निर्यात र एक खर्ब ६४ अर्ब रूपैयाँ बराबरको आयात भएको छ।

पछिल्ला दुई आर्थिक वर्ष र चालु वर्षको पहिलो तीन महिनासम्म लगातार घटेको आयात निर्यात घटेको थियो।

पछिल्लो दुई आर्थिक वर्षमा तीन खर्ब २८ अर्ब रूपैयाँ बराबरको आयात र ४८ अर्बको निर्यात घटेको थियो।

आर्थिक वर्ष २०७७/७८ मा २१ खर्ब २० अर्ब रूपैयाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार भएकोमा आर्थिक वर्ष २०८०/८१ मा १७ खर्ब ४५ अर्ब रूपैयामा झरेको थियो।

प्रकाशित मितिः     ७ बैशाख २०८२, आईतवार १३:३९  |