ओली-देउवा भेटपछि सरकार माथिको आशंका हट्याे,अब बजेटकाे तयारी


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गएराती भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताउनुभएको पनि उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनुहुन्थ्यो ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली र सभापति देउवाले मुख्यगरी सरकारको नीति तथा कार्यक्रममा समेट्ने पर्ने नीतिगत विषयमा छलफल गर्नुभएको छ । आम जनतामा निशारा फैलिरहेका बेला सरकारले प्रष्तुत गर्ने नीति तथा कार्यक्रममा आशावादी र जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रमको सुची बनाउन अर्थमन्त्री पौडेल र गृहमन्त्री लेखकलाई निर्देशन दिनुभएको छ ।

सरकारले आगामी १९ गते सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । यसैगरी जेठ १५ गते जारी हुने बजेट पनि जनमुखी बनाउने विषयमा प्रारम्भिक छलफल भएको स्रोतको भनाइ छ ।

प्रकाशित मितिः     १४ बैशाख २०८२, आईतवार ०७:३५  |