नेपालगन्ज । पेसागत महासङ्घ नेपालको स्थापना दिवसको अवसरमा असहाय केन्द्रमा सहयाेग गरिएको छ ।
पेशागत महासङ्घ बाँके जिल्ला समितिको आयोजनामा राप्ती सोनारी -५ बिनौनामा रहेको जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रमा सामग्री हस्तान्तरण गरिएको अध्यक्ष दुर्गा डाँगीले बताउनुभयो ।

उहाँका अनुसार, चामल ५ बोरी १२५ किलो, खाने तेल १० लिटर, कपि १५० थान, कलम २ दर्जन, सिसाकलम ४ दर्जन, सिसाकलम कटर १ पाकेट, इलेजर १ पाकेट, झोला छ थान रहेकाे छ ।
एमाले बाँकेका सचिव बलराम भट्टराई,क्षेत्रीय अध्यक्ष कुशमाखर बस्याल लगायतकाे सहभागीतामा बाल संरक्षण केन्द्रकी सञ्चालिका तारा ओलीलाई सामाग्री हस्तान्तरण गरिएको हाे ।