बजेटकाे तयारी, अर्थ मन्त्रालय प्रवेशमा कडाइ


नेपालगन्ज । अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ ।

बजेट निर्माणलाई ध्यान दिएर अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको हो । अर्थ तथा उपप्रधानमन्त्री बिष्णु पाैडेलले अर्थमन्त्रालयका केही तस्वीर सार्वजनिक गर्नुभएको छ ।

आर्थिक वर्ष २०८२/ ८३ को बजेट निर्माणसम्बन्धी परामर्श, छलफल र सुझावका लागि अर्थ मन्त्रालयले गत वैशाख महिनामा सबैलाई सहज पहुँचको व्यवस्था गरेको थियो ।

यही जेठ १५ गते संघीय संसदको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/ ८३ को बजेट वक्तव्य प्रस्तुत गर्नुहुनेछ ।

 

प्रकाशित मितिः     ९ जेष्ठ २०८२, शुक्रबार १४:४७  |