‘थाेरै दूधले गर्जाे टर्दैन,धेरै बिक्दैन’-नेपाली किसानकाे दुख (भिडियो सहित)


नेपालगन्ज । आज बिश्व दूध दिवस । बिभिन्न कार्यक्रम गरि मनाइयो । नेपालका किसानकाे दूध उत्पादन क्षमता बढेपछि अनेक समस्या भने यथावत छ । थाेरै दुधले घरखर्च नचल्ने, धेरै बिक्री नहुने समस्या छ ।

 बाँकेकाे कम्दी यस्ताे क्षेत्र हाे जहाँका किसानले दैनिक पाँच हजार लिटर दूध उत्पादन र बिक्री गर्छन् । यहाँको कम्दि,बालापुर,हलकारापुर,सिधिनिया गाउँमा भैसिपालन नगर्ने किसान नै भेटिदैनन् भन्दा फरक पर्दैन ।

हरेकका घरमा कम्तीमा एउटा देखि धेरैमा सयकाे हाराहारीमा भैसिपालन भईरहेकाे देशकै उत्कृष्ट भैसिपालक किसानका रूपमा सम्मानित भईसकेका रामसुहावन यादवले बताउनुभयाे । उहाँका अनुसार,दर्जन परिवार त यस्ता छन् जसकाे गाेठमा सय हाराहारी भैंसी पालिएको छ ।

स्थानीय र कतिपय उन्नत जातका भैसिपालन गर्ने यहाँका किसानकाे मुख्य आयस्रोत दुधकाे बिक्रि नै हो । परम्परागतरूपमा भैसिपालन हुँदै आएको यी ठाउँमा बिहानैदेखि दूध दुने र बेच्नेकाे चहपलह हुन्छ । साईकल र गाडिमा दुधका क्यान राखेर बजारसम्म लैजादै गरेका दृश्य अवेर साँझसम्म देख्न पाईन्छ । पशुपालन के हाे भन्ने हेर्न यहाँ आए पुग्छ ।

यतिका भैसिपालनका लागि गाउँछेउकै राप्ती नदि बरदान सावित भएको छ । स्थानीयले दिनभर राप्ती नदि र त्यसकाे वरपर भैंसी चराउन लैजानुहुन्छ । दिनमा त्याे क्षेत्रमा जाने हाे भने हुलकाहुल भैंसी काेहि नदिमा आहल बसिरहेका देख्न पाईन्छ भने काेहि चाैरमा चरण गरिरहेका भेटिन्छन् ।

यसरी ठुलो मात्रा भैसिपालन गरिरहेका किसानले अनेक आरोहअवराेह झेलिरहेका छन् । दुख गरेर उत्पादन गरेकाे दुधकाे पैसा समयमै नपाउँदा नैराश्यता झेलिरहेका छन् भने धेरै दूध उत्पादन हुँदा बिक्रि नभए हैरान हुनुपर्ने अवस्था पनि छ

प्रकाशित मितिः     १८ जेष्ठ २०८२, आईतवार १६:४२  |