बिलासी जीवन बिताएका राय माथि दुई अर्ब ६० कराेड ठगीको भारी


काठमाडौँ —कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष राजेन्द्र वीर रायलाई जिल्ला अदालत बाँकेले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

सिआईबीको टोलीले जेठ १७ मा उनलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याएको थियो। बैंकको करिब दुई अर्ब ६० करोड रकम हिनामिनामा राय संलग्न रहेको प्रहरीले जनाएको छ।

त्यसबारे अनुसन्धान गर्न सिआईबीका डीएसपी दानबहादुर थापासहितको टोलीलाई बाँके पठाइएको छ। अनुसन्धान पूरा गरेर बाँके जिल्ला अदालतमा मुद्दा दायर गरिने भएको छ।

कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राय केही दिन पहिले पक्राउ गरेकाे थियाे । उनलाई बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शनिबार रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो।

बैंकमा रकम हिनामिनाको आरोप लागेपछि राय फरार रहेका थिए। बैंकको रकम हिनामिना प्रकरणमा रायलाई पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए।

२०६० सालमा खुलेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय ०७६ देखि ०७९सम्म सिईओका रुपमा कार्यरत थिए। उनी यसबीचमा पटक पटक सञ्चालक समितिको अध्यक्ष रहेर काम गरेका थिए। रायलाई बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ। सल्यानका राय पछिल्लो समय

बाँकेका स्थायी बासिन्दा हुन्। सीआईबीका प्रमुख खापुङका अनुसार यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरू समेत अनुसन्धानको दायरामा परेका छन्। उक्त प्रकरणमा बैंकका पूर्व सिईओ दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी र हालका सिईओ तथा वित्त विभाग प्रमुख निरजविक्रम शाहसमेत अनुसन्धानको दायरामा तानिएका एआईजी खापुङले बताए।

बैंकमा हिनामिना भएको आरोप लागेपछि बैंकका सञ्चालक समिति अध्यक्ष ओमप्रकाश मिश्रको संयोजकत्वमा गत पुस ५ मा छानविन समिति गठन भएको थियो। समितिले अनियमिततामा रायसहितका व्यक्तिले १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको र अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउनुपर्ने राय दिएको थियो।

विभिन्न राजनीतिक दलमा धाइरहने रायकाे बिलासी जिवनकाे चर्चा हुने गरेकाे छ । उनले महंगो कार चढ्ने गरेका थिए भने बिलासी थिए ।

प्रकाशित मितिः     २० जेष्ठ २०८२, मंगलवार ०८:५४  |