नेपालगन्ज । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् ।
कायममुकायको जिम्मेवारीमा रहेका ज्ञवलीलाई बैंकको बिहीबार बसेको सञ्चालक समितिले आजैदेखि लागु हुने गरी नियुक्त गरेको हो ।


उनी २०७७ साल साउनमा नबिल बैंकको नायब महाप्रबन्धकको पदमार्फत प्रवेश गरेका थिए । २०८१ पुसमा उनी वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।
त्यसैगरी गत चैत १३ गते देखि उनी नबिल बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए ।