‘शर्मा एण्ड कम्पनी’ जसले समयभन्दा पहिल्यै बनाउदैछ नेपालगन्ज विमानस्थल (भिडियो सहित)


बाँके । नेपालगञ्ज विमानस्थलको नयाँ टर्मिनल भवन तोकिएको समयभन्दा अगाडी नै सम्पन्न हुने भएको छ ।

सबै  विमानस्थलको टर्मिनल भवनको ब्लक ए, बी र सी सहित एप्रोन, सवारी साधन पार्किङ, गेष्ट हाउस, नाला, फुटपात, शौचालयलगायतका संरचना निर्माणको अन्तिम चरणमा रहेकाले तोकिएको समय अगावै सम्पन्न हुने निर्माण पक्षको दाबी छ । आयोजनाका इन्जिनियर स्मिता पुञ्जलीले तोकिएको समयभन्दा अगाडी नै सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले कामलाई तिब्रता दिएको बताइन् ।

विमानस्थलको टर्मिनल भवनको निर्माण शर्मा एण्ड कम्पनी प्रा.लि.ले सन् २०२२ डिसेम्बर १६ मा सम्झौता गरी सुरु गरेको थियो । नेपालगञ्ज विमानस्थल आयोजना कार्यालयका अनुसार उक्त कम्पनीले सन् २०२५ डिसेम्बर १५ मा सबै काम सम्पन्न गर्ने गरी मूल्य अभिवृद्धि कर(भ्याट) बाहेक २ अर्ब ७२ करोड रुपैयाँमा सम्झौता गरेको थियो ।

‘ठेकेदार कम्पनीले पाएको म्याद मंसिरमा सकिन्छ, तर त्यो भन्दा अगाडी नै हुने जस्तो देखिन्छ,’ ईन्जिनियर स्मिताले नागरिकसँग भनिन् ‘अहिलेसम्मको काम सन्तोषजनक नै छ ।’

उनकाअनुसार अहिलेसम्म ७० प्रतिशतजति भौतिक प्रगति देखिएको छ । तर, बजेट अभावका कारण भौतिक प्रगतिभन्दा कम अर्थात् १ अर्ब ५० करोड बराबरको रकममात्र कम्पनीले भुक्तानी लिएको छ ।

प्रकाशित मितिः     २५ जेष्ठ २०८२, आईतवार १५:०२  |