राष्ट्रिय स्वास्थ्यकर्मी महासंघकाे स्थापना दिवसमा बाँकेमा रक्तदान कार्यक्रम


नेपालगन्ज । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको २० औं स्थापना दिवस जेष्ठ २७ गते संगठन जिल्ला कमिटी बाँकेले रक्तदान कार्यक्रमको आयोजना गरि मनाएको छ

संगठन स्थापना दिवसको अवसरमा बाँके अध्यक्ष राजन कुमार शाही ले संगठनको २० वर्षे यात्रा सहज र सरल थियन बिभिन्न कालखण्डहरू पार गर्दै अग्रजहरू हरूको महत्वपूर्ण योगदान संगै सबैको साझा संघर्ष, ऐक्यबद्धता र समर्पणले आज संगठनले यो उचाई हासिल गरेको छ, २० वर्षको इतिहासमा हामिले यस संगठनका माध्यमबाट पेशागत हक, अधिकार, सुरक्षा, पेशागत मर्यादा र सेवा सुधारमा उल्लेखनीय पाइला चालेका छौं। अझै धेरै गर्न बाँकी छ।

स्वास्थ्यकर्मीहरूको सुरक्षाको ग्यारेन्टी, सेवा सर्तमा सुधार, प्रविधिको पहुँच, स्वास्थ्यकर्मी मैत्रि ऐन, नियमावली निर्माण, कर्मचारी व्यवस्थापनमा सहजिकरण अनि समान अवसर सुनिश्चित गर्नु हाम्रो संगठनको प्राथमिकता हो ।

संगठनको लागि विशेष दिन संगठन स्थापना दिवसको अवसरमा संगठन जिल्ला कमिटी बाँके ले आयोजना गरेको अत्यन्त महत्वपूर्ण सामाजिक कार्य -रक्तदान कार्यक्रम- आयोजना मार्फत “रक्तदान जीवनदान हो”हामी स्वास्थ्यकर्मीहरू कुराको मर्म सबैभन्दा गहिरो रूपमा बुझ्ने वर्ग हौं । हामि मात्र होइन, समाजका हरेक नागरिकलाई यो जिम्मेवारी बोध गराउनु आजको दिनको मुख्य सन्देश हो।
कार्यक्रममा ३२ जना रक्तदाताको रक्तदान गरेको र यस्तो कार्यक्रम मार्फत हामीले जनतालाई निःस्वार्थ सेवाको भाव सिकाउने साथै जीवन बचाउन सक्ने संस्कार बनाउने प्रयास गरेको बताउनु भयो ।

रक्तदान कार्यक्रममा संगठन पुर्व केन्द्रिय अध्यक्ष राम बहादुर चन्द, नेकपा एमाले बाँके अध्यक्ष निरक गुरुङ, स्वास्थ्य विभाग ईन्चार्ज कुश्माखर बस्याल, संगठन केन्द्रिय सदस्य, प्रदेश सदस्य तथा, नेपाल निजामति कर्मचारी संगठन बाँके अध्यक्ष लगाएतले शुभकामना दिनु भयो ।

प्रकाशित मितिः     २८ जेष्ठ २०८२, बुधबार ०९:२६  |