
नेपालगन्ज । सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसकाे दुई दलीय संयन्त्रको बैठक शुक्रबार नेपालगन्जस्थित एमाले पार्टी कार्यालयमा बसेकाे छ ।
बैठकले भुमि सुधार आयोगसंग सम्बन्धित कामहरु हुन नसकेका पालिकाहरुमा प्रभावकारी ढंगले काम गर्ने सन्दर्भमा सराेकारवाला पक्षकाे ध्यानाकर्षण गराउने निर्णय भएको छ । कतिपय पालिकामा आयोगसंग सम्बन्धित कामहरुमा ढिलाई भईरहेकाे छ । पालिकाले राम्रो समन्वय गर्न सके मात्रै आयोगले प्रभावकारी काम गर्न सक्छ ।

दुई दलीय बैठकमा एमाले केन्द्रीय सदस्य तथा बाँके ईन्चार्ज शान्ति ढकाल,अध्यक्ष निरक गुरुङ,सचिव बलराम भट्टराई सहितकाे सहभागीता थियाे भने नेपाली काँग्रेसको तर्फबाट सभापति नारायण गाैडेल,उपसभापति गाेपालप्रसाद अधिकारी,सचिव शुदांशुराज काेइरालन सहभागी थिए ।