नेपालगन्ज औद्योगिक उद्योग विकास संघकाे अध्यक्षमा अन्सारी,सचिवमा रिजाल


नेपालगन्ज । नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग विकास संघको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार  डाइमण्ड प्यालेस, नेपालगञ्जमा सम्पन्न भएको छ।

अधिवेशनले सर्वसम्मत रूपमा संघका नयाँ पदाधिकारीहरू चयन गरेको छ । नव-निर्वाचित पदाधिकारीहरू यसप्रकार रहेका छन्:

अध्यक्ष: अब्दुल  वाहिद अन्सारी

उपाध्यक्ष: विवेक थापा

सचिव: शरद प्रसाद रिजाल

कोषाध्यक्ष:  गौरव डागा

सह-सचिव:  छायाँचन्द्र वाग्ले

सदस्यहरू:

 ॠदिकरण जैन

 चम्पालाल बोथरा

हाेमनाथ ज्ञावाली

 मिनेस मास्के

 सुल्तान सलाहुदिन

 शेखर सुमन सोनी

अध्यक्षमा चयन भएलगत्तै  अब्दुल वाहिद अन्सारीले संघको आफ्नै सुविधासम्पन्न भवन निर्माण गर्ने घोषणा गर्नुभएको छ। उहाँले उद्योग क्षेत्रका आवश्यकताहरूप्रति प्रतिबद्ध रही, आगामी दिनहरूमा संघलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अधिवेशनमा विभिन्न उद्योगपति, संघका सदस्यहरू तथा सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः     ३१ जेष्ठ २०८२, शनिबार १६:२९  |