- मीन मल्ल
लगञ्जको नेपाल वायुसेवा निगमको नजिक सडक छेउमा फलाम पिट्ने आरन थापेको ३० वर्ष पुगेछ ।
वर्षौं वर्षसम्म खुला आकासमुनि यति लामो समय बिताउन सायद कसैलाई सजिलो छैन होला । यतिका वर्षसम्म फलाम पिट्दा पिट्दै जिन्दगी नै उत्तरार्धसम्म आइपुगेको रहेछ ।
फलामका औजार बनाउन बाहेक अरु कामले त्यस ठाउँमा कोही पुगेका रहेनछन् । तातो हावाले छटपटाइरहेका यी व्यक्ति जब हामी घाम छेक्ने ठूलो छाता, पानी खाने तुमलेट, पसिना बुझ्ने टाबेल, हम्किने पंखा लिएर पुग्यौँ उनी साह्रै हर्षित भए । गहभरी आँसु निकालेर हामीले दिएको सामानहरू बुझे ।

यति खुसी भए, यति खुसी भए, कि सायद उनी जीवनमा यति धेरै खुसी कहिल्यै भएका थिएनन्… मलाईलाई पनि सबैभन्दा आनन्दको क्षण यही लाग्यो ! जय मानवता जय रेडक्रस…