
बाँके । पश्चिमकाे प्रमुख नाका नेपालगन्ज भंसार हुँदै चालू आर्थिक बर्ष २०८१/०८२ काे बैशाखसम्म रु ७० कराेड ३० लाख ३५ हजार मूल्य बराबरकाे जडिबुटी निर्यात भयाे । त्यसै अवधिमा रु ३२ कराेड मुल्यकाे खाेटाेराेजीन निकासी भएको छ ।
नेपालगन्ज भंसारका अनुसार, याे नाका हुँदै निकासी हुने प्रमुख दश बस्तुकाे सुचिमा एक नम्बरमा जडिबुटी रहेकाे छ । निकासीमा जडिबुटीकाे सदैव मुख्य हिस्सा हुने गरेकाे जडिबुटी ब्यवसायी संघका अध्यक्ष टंक शर्मा बताउँनुहुन्छ ।
हेर्नुस् तथ्यांक

‘पश्चिम जडिबुटी निकासीकाे मुख्य नाका हाे । यहाँको निकासी ब्यापारकाे हिस्सा नै जडिबुटीमा निर्भर छ।’ उहाँले भन्नुभयाे,-‘तर देशभित्रै र बाहिर समेत जडिबुटी लक्षित अनावश्यक नीति नियमले ब्यापारीलाई निरुत्साहित गर्ने काम गरेकाे छ ।’ शर्माका अनुसार यहाँको जडिबुटी मुख्यरुपले भारतमा र त्यसपछि तेस्रोमुलुकमा खपत हुने गरेकाे छ ।
निकासी हुने मुख्य दस बस्तुमा दोस्रो नम्बरमा खाेटाेराेजीन रहेकाे छ । त्यस्तै खयर कत्था तेस्रो र प्लाईउड चाैथाे नम्बरमा रहेकाे छ ।

पछिल्लो समय नेपाली कत्था भारतमा निकासी भएको उद्योगी चम्पालाल बाेथरा बताउनुहुन्छ । ‘कहिलेकाही समस्या आउँछन् अन्यथा प्लाईउडकाे निकासीले हामीलाई उत्साहित बनाएको छ ।’- बाेथराले भन्नुभयाे ।
याे नाका हुँदै तार्पिनकाे तेल,एसेन्सीयल आयल,रिठ्ठा,काजु हस्क,नाैनी,बटर घ्यु,बनस्पतिका सारहरु निकासी भइरहेका छन् । विभिन्न सामाग्री बनाउन प्रयाेग हुने रिठ्ठा चालू आवकाे बैशाखसम्ममा मात्रै रु ९ कराेड ३१ लाखकाे निकासी भएको छ ।
निर्यात ब्यापारकाे मुख्य हिस्सा रहेकाे जडिबुटीकाे नीतिगत समस्या समाधानका लागि सरकारले प्राथमिकता दिनुपर्ने जडिबुटी ब्यवसायी महासंघका अध्यक्ष टंक शर्मा बताउँनुहुन्छ ।