
बाँके । नेपाली प्लाइउडको माग भारतका विभिन्न सहरमा बढेको छ। चालू आर्थिक वर्ष २०८१/०८२ को जेठ महिनामा नेपालगन्ज नाका हुँदै रु १९ कराेड कराेड ३६ लाख मूल्य बराबरकाे प्लाईउड निकासी भएको छ ।
निर्यात बढ्न थालेपछि नेपालगन्जका प्लाइउड व्यवसायी निकै उत्साहित भएका छन्। खासगरी नेपालमा उत्पादित उत्तिसका बिरुवाबाट निर्मित प्लाइउडको माग भारतीय बजारमा प्रशस्तै रहेको उद्योगी व्यवसायीले बताएका छन्।
भारतमा प्लाइउडको कच्चा पदार्थको मूल्य बढ्नु र प्लाइउडलाई पनि निर्यातमा नगद अनुदान पाइने वस्तुको सूचीमा समावेश गरिनुले नेपालबाट हुने यसको निर्यात लगातार बढिरहेको हाे ।
उद्योगी चम्पालाल बाेथराका अनुसार, नेपालबाट जाने सस्तो मूल्यको प्लाइउडको खपत भारतको लखनउ, कानपुर, दिल्ली, आगरा, देहरादुनलगायतका बजारसम्म हुने गरेको छ । उनले प्लाईउड उद्योगकाे स्वदेश र बिदेशमा समेत राम्रो बजार सम्भावना रहेकाले नीतिगत समस्याको समाधान गर्नुपर्ने बताउँनुहुन्छ ।

नेपालगन्जका प्लाइउड उद्योगी पशुपतिदयाल मिश्रले भारतमा नेपाली प्लाइउडको माग बढ्दै गएपछि उत्साहित भएको र यसबाट नेपालको व्यापार घाटा कम गर्न ठुलो सहयोग मिल्ने बताए ।
*शिर्षक सच्चाइएको