
नेपालगन्ज । कर्णाली अभियानका अभियानता जाे त्यहाँका मुद्दा उठाउन खाली खुट्टा हिडेर काठमाडौ पुगे नवराज बोहरा प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। उनले नेपाली काँग्रेसका उपसभापति पुर्ण बहादुर खड्कालाई भेटिसकेका छन् ।
कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलगायतका मुद्दा उठाउँदै गत जेठ ४ गतेदेखि सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रामा रहेका बोहराले ३१ दिनपछि असार ३ गते राजधानी प्रवेश गरेका थिए। सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका बोहराले आज भेटन् पाएका हुन्।
बोहराले प्रधानमन्त्री ओलीलाई अभियानको क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिकाका समस्या र समाधानका पहलबारे जानकारी गराए। प्रधानमन्त्री ओलीले शरीर धेरै दुख नदिन र स्वास्थ्य र परिवारको ख्याल गर्न सुझाव दिएका छन् भने पवित्र भावका साथ अभियान अघि बढाउन आग्रह पनि गरे।
प्रधानमन्त्रीसँग भेटेपछि बोहराले पहिलो चरणको अभियान अझै पूरा नभएको भन्दै अब जुत्ता लगाएर दाह्री काटी नयाँ रूपमा अगाडि बढ्ने बताए । उनले आफ्नो कुराहरू सुनाउन पाउँदा खुशी व्यक्त गरे ।

बाेहराले नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासँग गल्फुटारस्थित निवासमामा पुगेर भेटे ।
बोहोराले कर्णालीको मुद्दा, सम्भावना र समाधानबारे खुलेर कुरा राखे। खड्काले पनि उनको साहसलाई उच्च सम्मान गर्दै, राष्ट्रिय झण्डाले सम्मानित गरे। त्यो पल बोहोराका लागि न्यानो थियो — “कम्तीमा यहाँ मेरो कुरा सुन्ने मान्छे भेटियो,” उनले भावुक हुँदै भने।