नेपालगन्ज । बाँकेकाे नरैनापुरका विद्यालयमा संचालित दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ ।
दिवा खाजाले नरैनापुरका बालबालिकालाई विद्यालय आउन प्रेरित गरेको छ । दिवा खाजाको ब्यवस्था गरिएपछि विद्यालय आउन नचाहने बालबालिका पनि विद्यालय आउन थालेको शिक्षा शाखा प्रमुख कृष्णकुमार चौधरीले बताए ।
दिवा खाजाले विद्यार्थीलाई नियमित विद्यालय आउने बनाएको छ उनले भने ‘भर्ना भएर विद्यालय छोड्ने विद्यार्थी पनि नियमित विद्यालय आउन थालेका छन्, ।’
पछिल्लो समय नरैनापुरका विद्यालयका कक्षा कोठा विद्यार्थीले भरिभराउ हुने गरेको देखिएको छ । विद्यार्थीलाई नियमित विद्यालय आउने बनाउन गाउँपालिकाले बालविकास केन्द्र, सामुदायिक विद्यालय र मदरसामा अध्ययनरत विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

पौष्टिक तत्व भएको खाजा खुवाउने गरेको नेरामावि जमुनीका शिक्षकहरु बताउँछन । दिवा खाजामा हलुवा, डलिया, खिचडी लगायतका परिकार विद्यार्थीलाई खुवाउने गरिएको छ । संघीय सरकारको सशर्त अनुदानमा दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई आकर्षित गरेको नरैनापुर शिक्षा शाखा प्राविधिक सहायक कमल केसीले भने, ‘दीवा खाजा सँगै विधालयको गुणस्तरीय शिक्षा प्रदानको दरमा समेत बृद्धि भएकोले ड्रप आउट हुने क्रम पनि रोकिएको छ ।’
दिवा खाजा संचालनमा आएपछि विद्यालय बाहिर रहेका विद्यालय जाने उमेर समुहका करिव २०–२५ प्रतिशत विद्यार्थी भर्ना भई नियमित विद्यालय आउन थालेको शिक्षकहरु बताउँछन् । भर्ना हुने, तर विद्यालय नआउने चलन थियो । अहिले दिवाखाजाले कक्षा कोठा भरिभराउ छन् उनले भने प्रायःजसो विद्यार्थी नियमित विद्यालय आउन थालेका छन् ।