नेपालगन्ज । वैदेशिक राेजगारीका लागि कतार हिडेका नेपाली श्रमिकमाथि कतार एयरवेजले अत्याचार गरेकाे छ।
बाेर्डिङपास लिएर बसेका यात्रु कतारमा इरानले आक्रमण गरेपछि सम्पूर्ण उडान रद्ध गरेसँगै उनीहरूकाे विचल्ली भएकाे हाे।

जबकि कतार एयरवेजले अमेरिका, युराेप, अष्ट्रेलिया हिँडेका यात्रुलाई हाेटलमा लगेर राखेकाे थियाे भने नेपाली श्रमिकलाई एयरपाेर्टमै छाडिदिएकाे थियाे।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चिसो भूइँमा रात कटाउन बाध्य नेपालीलाई हिमालयन एयरलाइन्सले साँझ ६ बजे उडानका लागि बोलाएको छ भने नेपाल एयरलाइन्सले १२ बजे उडाएकाे छ।