बाँकेका किसान जयपाल माैर्यले पाए दुई लाख राशिको उत्कृष्ट पुरस्कार


 

नेपालगन्ज । बाँके हिरमिनियाका किसान जयपाल माैर्य देशकै उत्कृष्ट किसानकारुपमा सम्मानित भएका छन् । काठमाडौं मंगलबार आयोजित भब्य कार्यक्रमकाबीच माैर्यलाई कृषि मन्त्रालयले रु दुई लाख राशि सहित सम्मानपत्रले पुरस्कृत गरेकाे हाे ।

उनकाे परिवारले लामो समयदेखि व्यवसायिक मकै र आलु खेती गर्दै आएका छन् ।

आर्थिक बर्ष २०८०/८१ मा कृषि ज्ञान  केन्द्र बाँकेबाट उत्कृष्ट कृषकका रुपमा सम्मानित भएका उनलाई ज्ञान केन्द्रले नै राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारका  लागि सिफारिस गरेकाे थियाे ।

 

प्रकाशित मितिः     १० असार २०८२, मंगलवार १७:४३  |