नेपालगन्ज । सुर्खेतकाे गुर्भाकोट नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु १ अर्व १ करोड ६७ लाख ९५ हजार बराबरको बजेट प्रस्तुत गरेकाे छ ।
मंगलबारको १७ औं नगरसभा बैठकमा नगरपालिका प्रमुख हस्त पुनले नीति तथा कार्यक्रम र उपप्रमुख मैना विकले बजेट प्रस्तुत गर्नुभएको थियाे । पालिकाले कृषिक्षेत्रलाई उच्च प्राथमिकता दिएको छ ।
कृषि तथा पशुपालनः-
१. कृषि जन्य उत्पादन वृद्धि एवं उत्पादन क्षेत्रको पहिचान गर्न “कृषक समूह सहकारी कृषि फर्म र व्यक्तिको साझेदारीमा” तरकारी, खाद्यान्न, फलफूल, च्याउ, आलु जस्ता वालीहरुमा पकेट विकास कार्यक्रम लागूगरिनेछ । पकेट क्षेत्र सञ्चालन गर्दा कृषकहरुलाई प्रोत्साहन गर्न लागत अनुमानको ५० देखि ८५ प्रतिशत सम्म संघ प्रदेश तथा स्थानिय सरकार र अन्य संघ-संस्थाको साझेदारीमा लगानी गरिने नीति लिइनेछ।
२. रासायानिक विषादयुक्त खानाले मानव स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावलाई कम गर्न जैविक खेती पद्धतिको विकासका लागि जैविक मल र जैविक विषादीलाई प्रोत्साहन गर्ने नीति अबलम्बन गरिनेछ ।
३. वास्तविक कृषि तथा पशुपंछी पालकहरुको, कृषकहरुको तथ्याङ्क अद्यावधिक गरी उत्पादन लागत न्यूनिकरण गर्न कृषकको माग बमोजिमका कृषियन्त्रहरुमा ५० प्रतिशत देखि ८५ प्रतिशत सम्म अनुदान दिइनेछ नीति अबलम्बन गरिनेछ ।
४. किसानले उत्पादन गरेका कृषि जन्य उत्पादन भण्डारण गर्न भण्डारण गृह तथा खाद्यान्न तथा तरकारीको वीउमा आत्मनिर्भर हुन वीउ उत्पादक सहकारीहरुलाई संघ, प्रदेश र स्थानिय सरकार र अन्य संघ संस्थाको साझेदारीमा आवश्यक कार्यक्रमहरुको व्यवस्था मिलाउने नीति लिइने छ।
५. पोषण सुरक्षाको लागि एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन गर्न निःशुल्क तरकारीको बीउहरु वितरण गर्ने नीति अवलम्वन गरिनेछ ।

६. बाझो तथा सुख्खा जमिनको उपयोग गरि कृषि उत्पादनमा आत्मनिर्भर हुन विभिन्न साझेदार निकायहरु संघ समन्वय गरि फलफूल खेती विस्तार तथा राष्ट्रिय फल सुन्तला विषेश कार्यक्रम सन्चालन गर्ने नीति अबलम्बन गरिनेछ ।
७. संघ प्रदेश गैरसरकारीसंस्था तथा कृषक समूह सहकारीको लागत साझेदारीमा कृषिमा लगानी मैत्री वातावरण स्थापना गरी कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
८. कृषक समूहका लागि सिचाई कुलो तथा, प्लाष्टिक पोखरी, टनेल, गोठ सुधार, व्यवसाय पशुपंक्षीपालन तथा फलफुलका बोट/विरुवा वितरण कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
९. कृषि जन्य उत्पादनको ढुवानी लागत कम गर्न, उत्पादनलाई सुरक्षित बजारिकरण गर्नका साथै उचित मुल्य प्राप्तिका लागि सहकारीको साझेदारीमा कृषि ढुवानी साधनको व्यवस्था गरिनेछ ।
१०. पशुपन्छीहरुको लागि आवश्यक पूर्वाधारहरुमा लगानी बढाउने यसको लागि निजी, तथा साझेदार निकायहरुको सहकार्यमा जोड दिइनेछ (सिंचाई, सडक, बजार, भण्डारण दूध प्रशोधन केन्द्र सञ्चालन, गोठ खोर सुधार आदि) जस्ता कार्यक्रम सञ्चालन गरिनेछ ।
११. कृषक, समूह तथा व्यवसायिक फर्महरुलाई व्यवसायिक योजनाको आधारमा प्रतिस्पर्धा गराई अनुदान दिइनेछ नीति लिइनेछसाथै दुध उत्पादनमा प्रति लिटर २ रुपैयाँ अनुदान दिइनेछ व्यवस्था मिलाईनेछ ।
१२. कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न उन्नत बीउ, विरुवा र नस्लको उत्पादन तथा प्रयोगमा पहुँच वृद्धि गरिनेछ ।
१३. पशु रोग नियन्त्रणको लागि आवश्यक खोपको व्यवस्था साथै महामहारीजन्य प्रकोप नियणन्त्रका लागि आवश्यक संयन्त्रण निर्माण गरिनेछ ।
१४. पश बीमा कार्यक्रमलाई अझ प्रभावकारी रुपमा वढि गर्न प्रचार प्रसारको व्यवस्था मिलाईने छ ।