खजुरा गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि ८५ करोड ७२ लाख बजेट प्रस्ताव ,यस्ता छन् प्राथमिकता


नेपालगन्ज । खजुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि अनुमानित ८५ करोड ७२ लाख ३१ हजार ५ सय ७१ रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ ।

गाउँपालिकाको मंगलबार आयोजित १७ औं गाउँसभामा उपाध्यक्ष मञ्जु मल्लले प्रस्तावित आय/व्यय विवरण प्रस्तुत गरिन् । त्यसअघि गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क.ले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत रुपले पारित भएको छ ।

प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षी विकास, पर्यटन, खेलकुद, रोजगार, उद्योग, ब्यवसाय लगायतलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा खजुरा क्षेत्रका बिद्यालयलाई टिनको छानामुक्त बनाउने, हरेक बिद्यालयमा सुबिधा सम्पन्न शौचालय र स्वच्छ खानेपानीको ब्यवस्था गर्ने, खजुराको समृद्धिको आधार कृषिलाई प्रोत्साहित गरिएको छ ।

कबड्डी खेललाई मान्यता दिदै गाउँपालिकाको खेलकुदका रुपमा घोषणा गरिएको छ । अन्य खेल गतिबिधिलाई तीब्र रुपमा सञ्चालन गर्ने लगायत नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मितिः     १० असार २०८२, मंगलवार २१:४२  |