सुर्खेत । गुर्भाकाेट नगरपालिकाका प्रमुख हस्त पुनले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम शिक्षाका यी समेटिएका छन् ।
शिक्षातर्फः-
१. गुणस्तरीय शिक्षा प्रणालीलाई थप प्रभावकारी बनाउन विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक तथा प्र.अ. लाई थप जिम्मेवार बनाइने छ साथै आवश्यक तालिम प्रदान गरी क्षमता वृद्धि गरिनेछ ।
२. हाल निर्माण भएको शिक्षा विकास योजनालाई अद्यावधिक गरी धप प्रभावकारी बनाइने छ साथै संघ, प्रदेश तथा सहयोगी संस्थाहरुको सहयोग तथा समन्वयमा कार्यान्वयन गरिदै लगिने छ ।
३. विद्यालय समायोजन, नक्साङ्कन र विद्यालयको भौतिक सर्वेक्षण द्वारा सेवा प्रभावको क्षेत्र निर्धारण गरिनेछ, विधार्थी संख्या न्यून भएका विद्यालयमा विग स्कुलको अवधारणा अनुसार विद्यालय गाभ्ने र कक्षा घटाउने नीति लिइनेछ साथै भौगोलिक अवस्थाले विकट क्षेवहरुमा विद्यार्थी संख्या न्यून भएका विद्यालयहरुमा बहुपक्षीय कक्षा सञ्चालन गरिनेछ।
४. वालविकास कक्षालाई स्रोत साधन सम्पन्न बनाई किताबी पठनपाठनबाट बालवालिकालाई मुक्त राखी सिकाइ हुने वातावरण निर्माण गरिनेछ, यसका लागि बालविकास सहजकर्ताहरुको क्षमता विकास गरिनेछ ।
५. शिक्षण पद्धतीमा सुधार गर्नका लागि कक्षा ५, ८ र १० को सिकाइ उपलब्धी परीक्षण हुने गरी एकीकृत मूल्याङ्क प्रणाली लागूगरिनेछ साथै कक्षा ८ को वार्षिक परीक्षालाई नगरस्तरीय रुपमा सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
६. विद्यालय शिक्षा सबैका लागि अनिवार्य र निःशुल्क रुपमा प्रदान गर्ने साथै लक्षित समूहको भर्ना र निरन्तरतालाई सुनिश्चित गर्ने नीति लिइनेछ ।
७. माध्यामिक तह सम्म सञ्चालन भएका विद्यालयहरुमा छुट्टै तहगत संयोजकको व्यवस्था गरी शिक्षण सिकाईलाई प्रभावकारिता ल्याउन शिक्षकहरु परिचालन गरिनेछ साथै प्र. अ. नीयुक्ती सम्बन्धी कार्यविधि निर्माण गरी कार्यान्वयन गरिनेछ ।
८.एक विद्यालय, एक ल्यापटप र एक प्रिन्टरको व्यवस्था गरी शिक्षालाई सूचना प्रविधिसंध जोडिने नीति अवलम्बन गरिनेछ ।
९. विद्यार्थीहरुलाई सृजनशील, अनुसन्धानमुखी र समालोचनात्मक सोचको विकास गर्न शिक्षण विधि र मूल्याङ्गण पद्धतिलाई विद्यालयको स्तरीकरण र गुणस्तर मापनको आधार मानिनेछ ।
१०. प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमको अवसरमा विस्तार गरी तालिमलाई स्थानीय आवश्यकता र श्रम बजारको माग संघ तालमेल हुने गरी सञ्चालन गरिनेछ ।
११. स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय पहिचान, कला संस्कृती, भूगोल तथा नैतीक शिक्षा समेतलाई समेटर पाठ्य सामग्रीनिर्माण तयारी गरी पुस्तक निर्माण गरिनेछ ।

१२. विद्यालय शिक्षाको गुणस्तर बढाउन प्रधानाध्यापकहरुलाई विद्यालयको शिक्षक-कर्मचारीहरुको मुख्य अनुगमणकर्ता मानी दैनिक कक्षा अवलोकण तथा अनुगमन गरी मासिक प्रतिवेदन नगर शिक्षा शाखामा बुझाउने गरी जिम्मेवारी बनाउने नीति अवलम्बन गरिनेछ साथै बडा शिक्षा समिति, नगर शिक्षा समिति र शिक्षा शाखाद्वारा विद्यालयहरुको नियमित तथा आकस्मिक अनुगमन गर्ने नीति लिइनेछ ।
१३. सामुदायिक विद्यालयहरुलाई गुणस्तरीय शिक्षा दिइनेछ सबै अभिभावकहरुको विश्वास दिलाउने गरी विकास गर्ने नीति अवलम्बन गरिनेछ ।
१४. सबै विद्यालयमा खेलकुद शिक्षकहरुको क्षमता विकास गरी विद्यालयमा खेलकुद, अतिरिक्त तथा सह क्रियाकलापहरु र योग अभ्यास गराइनेछ यसका लागि थप टेवा पुऱ्याउन प्रत्येक वडामा एक खेल मैदान निर्माण गरी वालबालिकाको सर्वाङ्गिण विकासमा टेवा पुर्याइनेछ ।
१५. अभिभावकविहीन तथा जोखिममा रहेका बालबालिकाको लागि हामी अभिभावक कार्यक्रम मार्फत निःशुल्क आवासीय शिक्षा प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१६. सामुदायिक सिकाइ केन्द्रलाई सुदृद्ध गर्दै आजीवन तथा निरन्तर शिक्षा र सिप विकासको केन्द्र बनाउनुका साथै आधारभूत शिक्षा प्राप्त नगरेका विद्यालयबाहिर रहेकाहरुको तथ्याङ्क संकलन गरी वैकल्पिक अनौपचारिक शिक्षा प्रदान गरि आधारभूत तह पुरा गराउने नीति लागूगरिनेछ ।
१७. अभिभावक, शिक्षक र विद्यार्थीहरुको सम्बन्ध विस्तार गर्न उत्प्रेरणामूलक कार्यकमहरु संचालन गरी शैक्षिक गुणस्तर विकासमा अभिभावकहरुको जिम्मेवारी बढाउनलाई विद्यालय अभिभावक संवाद कार्यक्रम गरिनेछ ।
१८. हरेक युवा तथा नागरिकहरुको शाररिक तथा मानसिक स्वस्थ रहनका लागि विद्यालयस्तरमा राष्ट्रपति रनिङ्ग शिल्ड, नगरस्तरीय मेयर कप तथा नव वर्ष कप लगाएत प्रत्येक बंडामा हुने खेलकुद तथा अन्य खेलकुद कार्यक्रमहरुलाई निरन्तरता दिइनछ साथै हाल रहेका खुला व्यामशालाको प्रभावकारिताको लागि अध्ययन गरी विस्तार गरिदै लैजाने नीति लिइनेछ ।
१९. सरकारी कोषबाट तल सुविधा उपभोग गर्ने हरेकले आफ्नो सन्तानलाई सार्वजनिक विद्यालयमा नै पढाउन नैतिक दायित्व सिर्जना गरिने नीति लिइनेछ।
२०. विद्यालय व्यवस्थापन क्षमतालाई प्राज्ञिक बाताबरण बाउने गरी विकास गरिनेछ साथै सक्षम र जवाफदेही प्रशासनीक तथा प्रागिक नेतृत्वका लागि मापदण्ड निर्धारण गरी खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनौट गरी प्रागिक परिणामुखीनेतृत्वको व्यवस्था गरिनेछ ।
२१. अनुगमन, मूल्याङ्गण सूपरीवेक्षण, मेन्टरिङ्ग र पृष्ठपोषणका लागि विषय विज्ञको समूह निर्माण र परिचालन, विषयगत शिक्षकको सचालन गरी कार्यथलोमा आधारित शिक्षकको पेशागत विकासलाई निरन्तरता दिइनछ ।
२२. महिला, अपाङ्गता भएका व्यक्ति, दलित, जनजाती र सबै खाले विविधता भएका विद्यार्थीका लागि उपयुक्त सिकाईमैत्री वाताबरण तयारी गरिनेछ । साथै परिवर्तीत सन्दर्भमा ज्ञान अद्यावधिक गर्न पुस्तकालयको विस्तार, प्रविधिमैत्री पुस्तकालय र विद्युतीय कक्षामा जोड दिइ आजिवन सिकाइ र खुला सिकाइको प्रवर्द्धन गरिनेछ।
२३. संघ, प्रदेश तथा अन्य निकायको सहकार्यमा पठनपाठनको लागि सहज बातावरण निर्माण गर्न भौतिक संरचनाको विकासलाई निरन्तरता दिइनेछ ।