काेहलपुर-सुर्खेत बिद्युत प्रशारण लाईन निर्माणकाे अवराेध हटाउन उच्चस्तरीय पहल


नेपालगन्ज । विद्युतको माग र आपुर्तिको अवस्था सहित गुणस्तरीय सेवा प्रवाहकाे ब्यवस्थापन गर्न उर्जा मन्त्रालयका सचिव सुरेश आचार्य र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सहितको उच्च व्यवस्थापनको टोली नेपालगन्ज आएको छ ।

उच्चस्तरीय टाेलीले मंगलबार लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्ज अन्तरगतका वितरण केन्द्रहरुसँग सघन छलफल गर्‍यो । उक्त टाेलीले कर्णाली क्षेत्रमा गुणस्तरीय विद्युत सेवा प्रवाहका लागि निर्माणाधीन १३२ केभी प्रशारण लाइन विस्तारका क्षेत्रमा परेका टावरहरुको जग्गा अधिकरण सम्वन्धी विवाद समाधानका लागि स्थलगत अवलोकन गरेकाे छ ।

साथै सरोकारवाला पक्षसँग समाधानका थप प्रयासका लागि आवश्यक सहजीकरण गर्न आइपुगेको उच्चस्तरीय उक्त टोलीले मंगलवार बाँके, बर्दिया दाङ लगायत नेपालगन्ज डिभिजन अन्तरगतका सबै कार्यालयहरुको कार्यप्रगतिको समिक्षा गरेकाे छ ।

मंगलबार अबेर साँझ उक्त उच्च स्तरीय टोलीले नेपालगन्जको विद्युत आपुर्तिमा थप सुधार ल्याउन भएका प्रयास र सुधारका अन्य विकल्पबारे सुक्ष्म छलफलका लागि नेपालगन्ज वितरण केन्द्रको पनि निरिक्षण गरेको थियो।

प्रकाशित मितिः     ११ असार २०८२, बुधबार ०८:२५  |