
- गणेश खनाल
अर्घाखाँची,असार १० गते । सम्झौता गरेको चार महिना दश दिन पहिल्यै गुणस्तरीय कार्य सम्पन्न गरेको भन्दै खनाल/प्रतिभा जेभि अर्घाखाँचीलाई सम्मान गरिएको छ ।
अर्घाखाँची भुमिकास्थान नगरपालिका पहुँच मार्गः नरपानी-खाँचीकोट-ढिकुरा-पोखेडाँडा सडक ००+००० देखी ३+२०० सम्मको २०८०/०८१ को निर्माण कार्य समय भन्दा अगाडि सम्पन्न गरेको भन्दै सडक पुर्वाधार विकास कार्यालय अर्घाखाँचीले एक कार्यक्रमको आयोजना गरि निर्माण व्यवसायी कविराम खनाललाई सम्मान गरेको हो ।
जिल्ला समन्वय समिति प्रमुख जिवनारायण कोइरालाले काम नगरि आलटाल गर्ने निर्माण व्यवसायीले यसबाट पाठ सिक्नु पर्ने बताउनुभयो ।

सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले देश भरका निर्माण व्यवसायीका लागि यो अनुकरणिय शिक्षा हुने बताउनुभयो ।
सडक पुर्वाधार विकास कार्यालयका प्रमुख गोपिराज पुन मगरले १० लाख रूपैया तिर्न बाँकी बक्यौता समेत राखेर समय भन्दा अगाडि काम गरेको ईतिहास आफनो १२ वर्षे जागिरे अवधिमा नरहको बताउनुभयो ।