
करिब डेढ अर्ब रुपैयाँको लगानीमा आइएमई ग्रुपद्वारा स्थापित नेपालकै पहिलो एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योगको उद्घाटन भव्य रूपमा सम्पन्न भएको छ।
रौतहटको फतुवा विजयपुरमा अवस्थित यो अत्याधुनिक उद्योगले स्वदेशी कच्चा पदार्थ र स्थानीय स्रोतमा आधारित भएर, पूर्ण अटोमेटेड प्रविधिबाट अन्तर्राष्ट्रिय गुणस्तरको सिमेन्ट बोर्ड उत्पादन गर्नेछ।
हामीलाई विश्वास छ—यसले आयात प्रतिस्थापन मात्र होइन, आत्मनिर्भर औद्योगिक अर्थतन्त्रको मजबुत आधार बनाउनेछ।
९८% स्थानीय जनशक्ति र ४०% भन्दा बढी महिलालाई यसले रोजगारीको प्रदान गरेको छ।

लचकदार, अग्नि-प्रतिरोधी, वातावरणमैत्री र टिकाउ बोर्डहरू घर, पाटीशन, फल्स सिलिङदेखि भूकम्प, आगलागि, बाढीपहिरो लगायत प्रकोपको समयमा आपतकालीन संरचनासम्मका लागि उपयुक्त छन्।
हिजोको उद्घाटन समारोहमा उपस्थिति जनाई हामीलाई हौसला दिनु हुने माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीज्यू, विशिष्ट अतिथिज्यूहरू, उद्योगी/व्यवसायी साथीहरू, सञ्चारकर्मी मित्रहरू र सम्पूर्ण शुभेच्छुहरूप्रति म हृदयदेखि आभार व्यक्त गर्दछु।
तपाईंहरूको साथ, विश्वास र प्रेरणाले यो परियोजना सम्भव भएको हो। अबको यात्रामा हामी स्वदेशी उत्पादन, रोजगारी प्रवर्द्धन र दिगो औद्योगिक विकासमा केन्द्रित हुने प्रतिवद्धता दोहोर्याउँछु।