गुणस्तरीय शिक्षाका लागि सराेकारवाला पक्षलाई सीपमा पाेख्त बनाइदै


नेपालगन्ज । खजुरा गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि सराेकारवाला पक्षसंग सहकार्य एवं संवादसंगै सीपमा पाेख्त बनाउन प्रशिक्षण दिन थालेकाे छ ।

बिहीबारदेखि वडा नंं. दुईले ‘समाग्र व्यवस्थापन पक्षको सुधार गरी गुणस्तरीय शिक्षाको सुनिश्चितताको लागि सरोकारवालाहरुसंग दुई दिने अन्तरक्रिया कार्यक्रम’ शुरुआत गरेकाे छ ।

वडा अध्यक्ष धनराम ओली ठूलो साधनस्रोतको लगानी रहेकाे सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर सुधार आफूहरुको प्राथमिकतामा रहेकाे बताउनुभयो । उहाँले भन्नुभयाे,-‘त्यसका लागि कुन पक्ष जिम्मेवार हुनुपर्ने हाे ? जिम्मेवार हुन जरुरी छ ।’ सबै पक्षलाई जवाफदेही र जिम्मेवार बनाउन बिहीबार र शुक्रबार विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी,अभिभावक र व्यवस्थापन समितिका पदाधिकारी सहितकाे सहभागीतामा कार्यक्रम गरिएको छ ।

खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जीवन उपयोगी शिक्षामा जाेड दिनुपर्ने बताउँदै  प्रेरणादयी साेचकाे विकास आवश्यक रहेकाे औंल्याउनुभयाे  ।

उहाँले भन्नुभयाे,-‘जुन विद्यालयले यसकाे सिकाे गर्छ त्याे अगाडि बढ्छ । नचिनेका मान्छेसंग पनि संवाद गर्ने हिम्मत चाहिन्छ,त्याे सिकाउँ ।’

प्रकाशित मितिः     १९ असार २०८२, बिहीबार १५:५१  |