बाँके । देशकै गर्मी हुने ठाउँ हाे नेपालगन्ज । यहाँ हुने गर्मीमा जनजीवन प्रभावित हुन्छ । त्यसैलाई मध्यनजर गर्दै ‘कुलिङ सेन्टर’ निर्माण गरिएको छ ।
नेपालगन्ज उप-महानगरपालिका वडा नं.४ बसपार्कमा कुलिङ सेन्टर निर्माण गरिएको अध्यक्ष गाेपाल पुनले जानकारी दिनुभयाे । गर्मीले समस्या परेका साठ्ठी जनासम्म अट्ने गरि कुलिङ सेन्टर निर्माण गरिएको हाे ।

जहाँ चार वटा एसी,चारवटा पंखा,एउटा वाटर कुलर(खानेपानी) र बिद्युत जडान गरिएको छ ।