
सुर्खेत । गुर्भाकाेट नगरपालिका वडा नं. ४ ले बृक्षाराेपण र फलफुल उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।
साेही नीति अन्तरगत शुक्रबार वडाका नागरिकलाई सत्र सय ६० वटा बाेट विरुवा विरुवा वितरण गरिएकाे अध्यक्ष रामबहादुर डाँगीले बताउनुभयो ।
वडाले आँपकाे ६ सय ४०,लिचीकाे ५ सय ८० र कागती ५ सय ४० वटा बाेट वितरण गरेकाे छ । यी सबै बाेट बिरुवामा ५०% अनुदान दिइएको छ ।

वडा अध्यक्ष डाँगीले वडामा फलफूलकाे उत्पादनलाई प्रोत्साहन दिने नीति बनाएको उल्लेख गर्नुभयाे ।