गुर्भाकाेट खानेपानी आयोजनाकाे काम शुरु


सुर्खेत २४ असार ।  रु ३१ कराेड १८ लाख लागतकाे गुर्भाकाेट खानेपानी आयोजनाकाे शुरु भएको छ । खानेपानी निर्माणको लागि दुई ट्रक पाइप आयोजनास्थल पुगेसंगै काम अघि बढेकाे हाे ।

केही दिन अघि यस सम्बन्धि सम्झौता भएको थियाे । नगरप्रमुख हस्त पुनकाे उपस्थितिमा खानेपानी कार्यालय सुर्खेतमा निर्माण व्यवसायी  केशव शाह /वली/ टिएस जेभी बानियाभार,बाँकेसंग सम्झौता भएको हाे ।

यो आयोजना अबकाे दुई वर्षभित्र सक्ने लक्ष्य छन् । गुर्भाकाेटकाे वडा नम्बर १,२ सहित आंशिकरुप ३ र ४ मा याे आयोजना संचालन हुनेछ । नगरप्रमुख पुनले बर्षाैदेखि पानीको संकट झेलेका त्यसक्षेत्रका नागरिकलाई राहत दिने गरि आयोजनाको काम प्रारम्भ हुन लागेकाे बताउनुभयो । चारवटा वडाका एक्काईस सय घरधुरीले पानीको प्रयाेग गर्न बताइएको छ ।

‘पुर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका उपसभापति आदरणीय पुर्णबहादुर खड्का जाे यसैक्षेत्रको प्रतिनिधिसभा सदस्य हुनुहुन्छ उहाँकाे पहलले आयोजनाले सार्थकता पाउँदैछ ।’ – पुनले भन्नुभयाे ।

नगरप्रमुख पुनले सम्झौता अनुसार निर्माण कम्पनीलाई काम गर्न निर्देशन दिनुभएको छ । उहाँले काममा ढिलासुस्ती गर्ने छुट कसैलाई नदिइने पनि बताउनुभयो । निर्माण कम्पनीले भने सम्झौता अनुसार समयमै काम हुने जनाएको छ ।

प्रकाशित मितिः     २४ असार २०८२, मंगलवार ०७:०२  |