यति राम्रो आफ्नै  हल छाडेर आर्थिक वर्षकाे मसान्तमा हाेटलमा प्रशिक्षण


नेपालगन्ज । कर्मचारीलाई प्रशिक्षण दिन लुम्बिनी प्रदेश सरकारले नेपालगन्जमा प्रदेश सुशासन केन्द्र संचालनमा ल्याएको धेरै भइसक्याे ।

पंचायतकालमै निर्माण भएकाे याे कार्यालयकाे पुर्वाधार अन्य कार्यालय भन्दा आकर्षक छन् । हलहरुको डिजाईन त्यसै अनुसार गरिएको छ ।

हेर्नुस् भिडियो

यति राम्रा हलहरु हुँदाहुँदै पनि कार्यालयले प्रशिक्षण भने हाेटलमा राख्ने गरेकाे पाईएको छ । त्यस्तै एउटा तालिम आर्थिक वर्षकाे मसान्त अर्थात् असार २९ गते नेपालगन्जकाे एउटा हाेटलमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश अन्तर्गत प्रदेश तथा स्थानिय तहमा कार्यरत कर्मचारिहरुका लागि सार्वजनिक खरिद सम्बन्धी ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हाे ।

आफ्नै हल हुँदाहुँदै किन हाेटलमा कार्यक्रम राखिएको भन्ने नखुलेपनि धेरैले यसाे गर्नुपर्ने परिस्थिति आउनु गलत भएको बताएका छन् ।

प्रकाशित मितिः     २९ असार २०८२, आईतवार १९:२९  |