‘बाँझो रहित,उत्पादन सहित’ कार्यक्रम लिएर देशदाैडाहा ‘नारायण सर’ (भिडियो संवाद)


नेपालगन्ज । सुर्खेतको जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण सिग्देलबाट शुरु भएको कार्यक्रम हाे-पढ्दै कमाउँदै । देशका बिभिन्न स्कुलमा याे कार्यक्रम संचालन भइरहेकाे छ ।

आफ्नाे स्कुलकाे सफलसिद्ध ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई देशव्यापी बनाउनु सिग्देलको उद्देश्य थियो । उनी सफल पनि भए ।

सिग्देलको स्कुलमा कार्यान्वयन भइसकेको ‘पढ्दै कमाउँदै’ कार्यक्रमबाट प्रभावित भएर सरकारले यसलाई अन्य स्कुलमा पनि लग्याे  । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत राखेर उक्त कार्यक्रमका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिभिन्न विद्यालय छनाैट गरेकाे छ र

आफ्नै स्कुलमा लागू भएर सफल भइसकेको ‘पढ्दै कमाउँदै’ कार्यक्रमको खाका उनीसँग थियो । जसलाई सरकारले पनि अनुशरण गरेको हो । यिनै सिग्देलले नयाँ कार्यक्रम अघि सारेका छन् – ‘बाँझो रहित,उत्पादन सहित’ । देशभरका जग्गा बाँझो नराखेर कृषिमा आत्मनिर्भर हुने ‘नारायण सर’काे याेजनाका बिषयमा तयार पारिएको भिडियो अन्तरवार्ता हेराैं ।

 

प्रकाशित मितिः     २ श्रावण २०८२, शुक्रबार १०:०४  |