बाँकेमै लटरम्म फले ‘रुद्राक्ष’,ब्यवसायीक खेतीकाे सम्भावना (भिडियो)


बाँके । काेहलपुर नगरपालिका-१३ मा तीन वर्षदेखि रुद्राक्ष फलिरहेकाे छ । ‘भरैया फार्मस्टे’मा दुई दर्जन बाेट रहेकाेमा सबैले उत्पादन दिएका छन् ।

समुन्द्री सतह देखि ८०० मिटर भन्दा माथी १००० मिटर सम्म राम्रो लाना लाग्ने यसका पारखीहरुले बताउने गरेका र रुद्राक्षका काठ देखि सबै काम लाग्ने गरेकाे छ ।

यसले तराईको ठाँउमा रुद्राक्षको व्यवसायीक खेती हुने देखाएको छ । नेपालमा रुद्राक्ष पाइने ठाँउ यसको रुख र फल दुबैलाई नेपाली,संस्कृत र हिन्दी भाषामा रुद्राक्ष भनिन्छ ।
रुद्राक्ष एकै बोटमा एकपटक फल दाग्दा विभिन्न मुख ,आकार र विभिन्न नापका दानाहरु पल्दछन् ।

यसको दानामा माथिबाट तल झरेको प्रष्ट देखिन भर्टिकल रेखाहरु हुन्छन् । त्यही रेखालाई मुख भनिन्छ । जति मुख हुन्छन् त्यति नै मुखे भनेर चिनिन्छ ।

प्रकाशित मितिः     ३ श्रावण २०८२, शनिबार १३:०२  |