
बाँके ११ साउन । पश्चिम नेपालकाे प्रमुख नाका नेपालगन्ज भंसार हुँदै आर्थिक वर्ष २०८१/८२ मा रु ८० अर्व ७३ कराेड ८५ लाख १२ हजार बराबरकाे बैदेशिक ब्यापार भएको छ ।

त्यस मध्ये रु ७७ अर्व ५३ कराेड ८ लाख ७१ हजार बराबरकाे आयात भएको छ भने रु ३ अर्व २० कराेड ७६ लाख ४१ हजार मुल्य बराबरकाे मात्रै निर्यात भएको छ ।
देशकाे बैदेशिक ब्यापारकाे अवस्था कस्ताे छ भन्ने एउटा भंसार कार्यालयकाे तथ्यांकलाई हेरे पुग्छ । जुन कहालीलाग्दो छ । नेपालगन्ज भंसार हुँदै २६ देशसंग बैदेशिक ब्यापार हुने गरेकाे छ ।


अधिकांसबाट सामान आयात हुँदै आएको छ । सबै भन्दा धेरै ९०.९२ प्रतिशत बैदेशिक ब्यापार भारतसंग मात्रै भएको नेपालगन्ज भंसार कार्यालयले जानकारी दिएको छ । सबैभन्दा कम न्युजिल्यान्डसंग ०.०१ प्रतिशत काराेवार भएको छ ।


