ब्याज घट्दा पनि किन छैन लगानीमा उत्साह !


 

सातदेखि आठ प्रतिशतसम्म ब्याजदरमा बैंकले कर्जा लगानी गर्न खोज्दा किन लगानी भएन ? यो निकै चलिरहेको बजारको बहस हो। सस्तो हुँदा साँच्चै किन लगानी भएन होला त ?

यो हुनुको कारण के के होला ? यसलाई अलिकति केलाएर बुझ्ने प्रयास गरौं। यसमा धेरै ‘फ्याक्टर’हरू छन्।

जसमा प्रमुख तपसिल बमोजिम छन्।

१. जसले लामो समयसम्म कर्जा चलाइरहेका छन् उनीहरुले जोखिम मोल्न पनि जानेका छन् तर तिनी हरुले समयमै सावा तथा ब्याज भुक्तानी गर्न नसकेका कारण कर्जा लिने क्षमता कमजोर भएकोले कर्जा लिन सकिरहेका छैनन्।

२. अहिले पनि बैंक पूर्णतया धितोमुखी छ। तुरुन्तै बिक्ने खालको जग्गा बाहेक अरु जग्गाहरुमा धितो नै राखेर कर्जा दिने सोचमै छैन।

३. बैंकलाई चाहिने पर्याप्त धितो भएकाहर लाई कर्जा आवश्यक छैन कर्जा आवश्यक हुने सँग अतिरिक्त धितो छैन।

४. तीन वर्ष अगाडि अस्वाभाविक रुपमा बढाएको ब्याजको प्रेसरले कर्जा भुक्तानी तालिकामा निकै असर गर्यो एकाएक योजनाभन्दा डबल ब्याज भुक्तानी गर्नुपर्दा ढाड सेकिएको छ ऋणीहरूको फेरि पनि त्यही दोहोरिने डर कायम छ।

५. कर्जा लिएर धितो बन्धक गरिसकेपछि बैंकले देखाउने हर्कत बाट आजित छन् जनता।

६. परियोजना कर्जामा जोखिम लिन नसक्नु।

७. पार्टनरको रूपमा भन्दा साहु महाजनको रुपमा बैंकहरू प्रस्तुत हुनु।

८. अप्ठ्यारो परेका व्यवसायीहरूलाई सहयोग र सहजीकरण भन्दा थप प्रिमियम लगाई कहिले नउठ्ने गरेर अप्ठ्यारोमा पारिरहेको देखिएकोले ।

९. नयाँ लगानी गर्नतर्फ भन्दा कर्जा व्यवस्थापनतर्फ बैंकहरू केन्द्रित रहेकाले ।

१०. अप्ठ्यारो परेका ऋणीहरूलाई सहजीकरण गरेर माथि उठाउनु भन्दा लिलामै गरेर चाँडै उठाउने मानसिकतामा बैंकहरू जानु।

११. एकोहोरो रुपमा जति ब्याज बनाए पनि ऋणहरुले तिर्छन् तिर्नुपर्छ भन्ने मानसिकता बैंकसँग अझै पनि रहेको छ।

१२. हाल यो कम रहेको ब्याज कति समयमा पुनः १५/२०% पुग्ने या यो एकल अङ्क कति लामो समयसम्म चल्न सक्छ भन्ने कुनै आकलन नभएकाले ।

१३. कर्जाको ब्याजदर एकाएक बढ्दो र घट्दो निकै ठूलो दर रहने हुनाले अस्थिर ब्याजदर हुनाले लगानी गर्न व्यवसायीहरू हिच्किचाइरहेको ।

१४. डुबेका बैंकहरू जसरी अन्य बैंकहरू पनि यस्तै अवस्थामा छन् कि भन्ने आशंका रहेको ।

१५. राजनीतिक तथा सरकारले लिने नीतिगत प्रावधानहरू अस्थिर रहेकाले ।

यसको समाधान छिटो गर्न सकियो भने देशलाई राजस्व वृद्धि हुने र देशभित्र लगानीको वातावरण सिर्जना भई मुलुकको अर्थतन्त्र उकालो गतिमा लाग्न सक्छ।

प्रकाशित मितिः     १२ श्रावण २०८२, सोमबार १४:२५  |