बर्दियामा रोपाइँको सट्टा छरेर धानखेती(भिडियो)


बढैयाताल (बर्दिया) १३ साउन । बर्दियाका केही स्थानमा रोपाइँको सट्टा छरेर धानखेती गरिरहेका छन् । तर याे चैत धान नभई असार साउनमा नियमित राेपिने धान हाे ।

कृषि अनुसन्धान निर्देशनालय खजुरा,बाँकेका कृषि ईन्जिनियर सागर महर्जनका अनुसार, याे जलवायु परिवर्तन,खडेरीमा खेत  हिलाे नबनाई  ‘Direct seeded rice’ प्रविधि हाे ।

सुक्खामा पनि किसानले रोप्ने धानकै प्रजातिलाई खेतमा छरेका हुन् । त्यसलाई पछि बढी मात्रामा पानी चाहिन्छ । चिम्ट्याइलो माटो भएका कारण धानको जरा वर्षात शुरु हुँदासम्म माटोमा कस्सिएर जाने विश्वास किसानको छ । जेठ मसान्तसम्म किसानले धानखेतमा छरिसकेका छन् ।

डुबानका कारण रोपेको धान पानीमै कुहिने भएकाले किसानले हिउँदमा मात्र खेती गर्दै आए पनि अधिकांश किसानले यस वर्ष खेतमा धान छरेका छन् । रोपेको धान बराबरको उत्पादन दिने हुँदा किसान रोपाइँभन्दा छर्ने धानमा आकर्षित भएका हुन् ।

प्रकाशित मितिः     १३ श्रावण २०८२, मंगलवार १८:०१  |