कार्यक्रमका सहभागीलाई ‘ओमेडा नेपाल’ र ‘एचसीआरसी हस्पिटल’काे बिशेष छुट


बाँके । नेपालगन्जमा शेयरबजारसंग सम्बन्धित ‘राेड टु आइपिओ’ कार्यक्रम सम्पन्न भयाे । उक्त कार्यक्रम प्रायाेजन गर्ने व्यापारिक प्रतिष्ठानले कार्यक्रमका सहभागीका लागि बिशेष अफर दिने भएका छन् ।

ईभि कार बिक्रेता ‘ओमेडा नेपाल’ र ‘एचसीआरसी हस्पिटल’ले बिशेष अफर दिने भएको कार्यक्रम आयोजकका तर्फबाट सिए तेजप्रकाश दीक्षितले जानकारी दिनुभयाे ।

🎁 कार्यक्रम सहभागीहरूको लागि विशेष अफरहरू:

🚗 Omoda Nepal बाट:
✅ Omoda कारमा रु. ४,००,००० सम्म नगद छुट
✅ Jaecco कारमा रु. २,००,००० सम्म नगद छुट
✅ साथै, Road to IPO सहभागीहरूका लागि थप विशेष अफरहरू पनि उपलब्ध

🧬 HCRC Hospital बाट:
✅ *पश्चिम नेपालकै पहिलो IVF केन्द्र HCRC बाट Road to IPO सहभागीहरूलाई IVF सेवामा विशेष छुट
✅ परामर्श र उपचारमा *सहज र प्राथमिक पहुँच

दीक्षितले यस्ता सहकार्यहरूले कार्यक्रमको मूल्य बढाउनुका साथै सहभागीहरूको जीवनमा प्रत्यक्ष लाभ पुर्‍याउने अवसर सिर्जना गरेकोमा  कृतज्ञता व्यक्त गरेका छन् ।

प्रकाशित मितिः     १९ श्रावण २०८२, सोमबार ०७:५४  |